पहिलो पटक साइपालको आरोहण हुने

पहिलो पटक साइपालको आरोहण हुने

काठमाडौं : हिमालसँग मानवसम्बन्ध जोडिएको लामो समयपछि सुदूरपश्चिम क्षेत्रको साइपाल हिमाल (७ हजार ३१ मिटर) को पहिलो पटक आरोहण हुने भएको छ। यस क्षेत्रका हिमालमा आरोहण हुन सकेको छैन तर यस महिना ३ आरोहण दलका २० जना पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिएर आरोहणमा गएका छन्।

स्थानीयवासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै सोमबार पर्वतारोहीलाई बझाङको चैनपुरमा स्वागत गरेको पर्यटन विभागले जनायो। आरोहण दलका सदस्य र स्थानीयसहित ३७ जनाको टोली सोमबारै आधारशिविरतर्फ गएको आरोहण दलका बेसक्याम्प म्यानेजर भोजराज भट्टले

बताए। आरोहण दलमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा.जर्ज र एडुर्ने पासावन पनि छन्। सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यसहित २० वर्ष त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निःशुल्क गरे पनि आरोहण हुन सकेको थिए। चालु आवदेखि रोयल्टी लिन सुरु गरेको पर्यटन विभागका महानिर्देशक डण्डुराज निरौलाले बताए।

सुदूरपश्चिमका हिमालबाट विभागले यस वर्ष ४ लाख ८१ हजार राजस्व संकलन गरेको छ। भिजिट वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यअनुसार कार्यक्रमहरू गर्न थालेपछि पर्यटकको संख्या १९ प्रतिशत वृद्धि भएको उनले बताए।

सरकारले आरोहण खोलेका ४ सय ३ हिमालमध्ये साइपाल हिमाल आकर्षक रहेको आरोही लाक्पा शेर्पाले बताए। पश्चिम क्षेत्रमा करिब १ सय ५० हिमाल भए पनि आरोहण हुन नसकेकाले तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर पर्वतारोही आकर्षित गर्नु पर्ने उनको सुझाव छ। साइपाल हिमालसँगै अपी (७ हजार १ सय ३२ मिटर) आरोहणका लागि ८ जनाले अनुमति लिएका छन्। यो शरद ऋतु (हिउँद) मा ४७ हिमाल आरोहण गर्न १ सय २० आरोहण दलबाट ९ सय ३६ जनाले विभागबाट अनुमति लिएका छन्।

आरोहणका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुमा २८ हिमाल आरोहणका लागि १ सय ६ आरोहण दलबाट ८ सय ४१ जनाले मात्र आरोहण अनुमति लिएका थिए। विभागले आरोहण हुन नसकेका हिमालको आधारशिविर जाने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.