राजधानी तोक्ने देउवा सरकार, पुत्ला जल्ने मेरो ? : मुख्यमन्त्री पोखरेल

राजधानी तोक्ने देउवा सरकार, पुत्ला जल्ने मेरो ? : मुख्यमन्त्री पोखरेल

तुलसीपुर : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा आफ्नो हातमा नरहेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवा यसमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

शेरबहादुर देउवाले गरेको गल्तिको दोष जनताले आफूलाई लगाएको पोखरेलको जिकिर थियो । ‘राजधानी तोक्ने देउवा सरकारले, पुत्ला जल्ने शंकर पोखरेल र कृष्णबहादुर महराको ?’ पोखरेलले भने, ‘ हामी कस्तो राजनीतिक धरातलमा छौँ !’

दाङलाई प्रादेशिक राजधानी नबनाएको भन्दै पोखरेलको विरोध यसअघि पनि हुँदै आएको थियो । सोही प्रसंगमा पोखरेलले राजधानी तोक्ने काम देउवा नेतृत्वको सरकारले गरेकोले आफू यसमा जिम्मेवार नरहेको बताएका हुन् ।

उनले बरु सडक विस्तार, चक्रपथ निर्माण र खाने पानीको सुविधा बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै पोखरेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पताल बनाउन आफूले पहल गरेको बताएका छन् ।

सामान्य उपचारका लागि पनि यहाँका जनता टाढा जान बाध्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले दाङको विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.