मलेसियामा रोजगारी खुल्दै

मलेसियामा रोजगारी खुल्दै

काठमाडौं : मलेसियाको रोजगार खुलाउन नेपाल र मलेसियाबीच यही कातिक १२ गते समझ्दारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ। मलेसियाका मानव संशाधन मन्त्री एम.कुलासेगरन र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समझ्दारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले अक्टोबर २८ मा मलेसियाका मानव संशाधन मन्त्री नेपाल आउने र त्यसको भोलिपल्ट सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी दिए। असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाल र मलेसियाबीच औपचारिक वार्तामा भएको सहमतिका आधारमा एमओयूको मिति तय भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले सम्झौता हुनासाथ मलेसिया रोजगार नखुल्ने जानकारी दिए। समझदारीपत्रले निर्दिष्ट गरेअनुसार प्राविधिक टोलीले आवश्यक गृहकार्य गरेपछि मात्रै मलेसिया रोजगार खुल्ने उनले बताए।

मलेसियाले शून्य लागतमा नेपाली कामदार लैजान सहमति जनाए पनि कुन प्रणालीबाट लैजाने भन्ने प्राविधिक टोलीले छलफल गर्ने र त्यसपछि मात्र रोजगार खुल्नेछ। दुवै देशका प्राविधिक टोलीले करिब ८/१० दिनभित्र अध्ययन गरेपछि रोजगार खुल्नसक्ने बताइएको छ।

रोजगारीका नाममा विभिन्न संस्थाले अवैधरूपमा कामदारसँग मोटो रकम असुल्न थालेपछि सरकारले गत जेठदेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको छ। स्वास्थ परीक्षण, भिसा स्ट्याम्पिङ, सेक्युरिटी क्लियरेन्स, राहदानी संकलन र मेडिकलपूर्व अनलाइन रजिस्ट्रेसन शीर्षकमा वायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाले अवैधरूपमा प्रतिकामदारबाट १७ हजार सात सय रुपैयाँ असुल्न नरोकेपछि सरकारले कामदार पठाउन प्रतिबन्ध लगाएको थियो। उक्त शुल्क अब मलेसियाले नै बेहोर्ने सहमति जनाइसकेको छ।

अतिरिक्त शुल्कबारे मलेसियाले सहमति जनाए पनि २४ घण्टे बिमाको बारेमा सहमति जुट्न सकेको छैन। मलेसियाली कामदारका हकमा पनि २४ घण्टे बिमाको व्यवस्था नभएकाले सरकारले त्यसमा अडान लिन नसकेको मन्त्रालय उच्च स्रोतले जानकारी दियो। वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा ६ लाख नेपाली कामदार छन्। नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये ३५ प्रतिशतभन्दा बढी मलेसियाले ओगट्दै आएको छ। सरकारले मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएपश्चात नौ हजार दुई सय १७ जना युवाको पेपर भिसा आएर पनि श्रम स्वीकृति पाउन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.