छोराप्रति कृतज्ञ स्टेफानी
![छोराप्रति कृतज्ञ स्टेफानी](https://annapurnapost.prixacdn.net/media/albums/stephanie-davis-getty_20181024080729_1nK39P4msZ.jpg)
हलिउड अभिनेत्री स्टिेफानी डेभिस कुुनै समय रक्सीको चर्काे अम्मली थिइन्। मदिराको लतले उनको स्वास्थ्यमा गम्भीर असर उत्पन्न भएपछि केही समय सुधारगृहमा पनि बसिन्।
सुधारगृहभन्दा पनि छोराको हेरचाहले आफूलाई अम्मल त्याग्न प्रेरित गरेको उनले बताएकी छिन्। उनको छोरा बाकेन अल्बी अहिले २१ महिनाको भएका छन्।
‘उसलाई देखेपछि ममा मैले बाँच्नुपर्छ, मैले सुध्रिनुपर्छ भन्ने भावना पलायो,’ हालसालैको एउटा अन्तर्वार्तामा उनले भनिन्, ‘ऊ नहुँदो हो त म अम्मलमा झन्झन् फस्दै जाने थिएँ र मेरो जीवन नारकीय बन्ने थियो। मलाई सुधारेकोमा छोराप्रति कृतज्ञ छु।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)