केआइआइटी विश्वविद्यालयले दियो नेपाली विद्यार्थीहरूलाई होस्टेलमा बस्न अनुमति

केआइआइटी विश्वविद्यालयले दियो नेपाली विद्यार्थीहरूलाई होस्टेलमा बस्न अनुमति

काठमाडौं : कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई होस्टेलमा बस्न अनुमति दिएको छ।

विहानदेखि होस्टेल छोड्न दबाब दिएको विश्वविद्यालयले चौतर्फी दबाबपछि नेपाली विद्यार्थीलाई होस्टलमा बस्न अनुमति दिएको हो। विश्वविद्यालयका रजिस्ट्रारले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीलाई होस्टलमा बस्न अनुमति दिएको जानकारी दिएका छन्।

उनका अनुसार विश्वविद्यालयका अधिकारीहरूले नेपाली विद्यार्थीहरूलाई होस्टलमा बस्न आग्रह गरिरहेका छन्। रजिस्ट्राले यसबीचमा हुने शैक्षिक क्षतिको पूर्णरूपमा ध्यान दिइएको उल्लेख गरेका छन्। क्याम्पस नफर्किने विद्यार्थीहरूका लागि वैकल्पिक कक्षाहरूको व्यवस्था गरिने विश्वविद्यालयले जनाएको छ।

त्यस्तै मृतक नेपाली छात्रा प्रकृति लम्सालको निष्पक्ष र न्यायपूर्ण अनुसन्धानका लागि विश्वविद्यालय र आबद्ध अधिकारीहरूले सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ। कक्षा सञ्चालन र होस्टलका सम्बन्धमा पछि जानकारी दिइने रजिस्ट्रारले उल्लेख गरेका छन्।

यसअघि केआइआइटी विश्वविद्यालयले  तनाव बढेपछि नेपाली विद्यार्थीहरूलाई अभिभावकको सल्लाहअनुसार फिर्ता पठाएको बताएको थियो। विज्ञप्ति जारी गरेर विश्वविद्यालयले नेपाल विद्यार्थीले आत्महत्या गरेको उल्लेख गरेको थियो। उसले घटना सम्बन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्न भनिएको युवकलाई पक्राउ गरिसकिएको उल्लेख गरेको थियो।

'हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका हौं। तर, उनीहरू हाम्रो कुरा सुन्न चाहेनन्। विश्वविद्यालय हातामा प्रदर्शन जार राखे। घन्टौंसम्म सडक अवरुद्ध भयो। जसले कानुन र व्यवस्थालाई पनि चुनौती दियो। थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीहरूलाई अभिभावकको  सहयोगमा स्वेच्छाले आ-आफ्नो स्थानमा फर्कन सल्लाह दिइएको छ,' विज्ञप्ति भनिएको थियो। 

त्यहाँको घटनालाई लिएर भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि समन्वय गरेको थियो। सोमबार विज्ञप्ति जारी गरेर नेपाली दूतावासले विकसित घटनाक्रमहरूका सम्बन्धमा उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल भएको जनाएको छ। छलफलमा नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न र छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिको नेपाली दूतावासले जनाएको छ। 'उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो। यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.