अछाममा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

अछाम : मंगलसेनबाट जयगढतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मंगलसेन-४ नागातोलाकी अन्दाजी ३५ वर्षीया मैनादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सेनमा लाग्ने दसैंको मेला हेर्न आउने क्रममा मंगलसेनको डाँडाँघर नजिक लु १ त ५१०१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा परी ५ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए।
घाइतेलाई जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पतालमा उपचार भइराखेको छ।
प्रतिक्रिया दिनुहोस !
