सन्धिखर्कमा एवाइसी अन्तर पालिका भलिबल हुने
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा कार्तिक ९ गतेबाट सर्वाधिक पुरस्कार राशीको एवाइसी अन्तर पालिका स्तरीय रनिंगसिल्ड भलिबल प्रतियोगीता हुने भएको छ। युवाको एकता समाज सुधारमा एकता भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषदको आयोजनामा हुने भलिबल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहको सहभागिता रहने छ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ ५० हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगदका साथ आकर्षक शील्ड मेडल र प्रमाण प्रदान गरिने अर्घाखाँची युवा परिषदका महासचिव प्रकाश भुसालले बताए।
लगातार तीन पटक खेल जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने उनले बताए।भलिबल प्रतियोगीताको शुक्रबार पूर्व मन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले एक कार्यक्रमका बीच उद्घाटन गर्नेछन्।
भलिबल प्रतियोगिताको उद्द्धाटन समारोहमा सन्धिखर्कबाट ड्रोन उडाएर अर्घा दरबार र खाँची दरबारको दृश्य समेत छायांकन गर्ने कार्यक्रम रहेको अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले बताए।
एवाइसी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगीताको यो दोस्रो संस्करण हो। गत वर्ष भूमिकास्थान नगरपालिकाले उपाधी जितेको थियो।