भैरहवा म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढालाई

भैरहवा म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर  बुढालाई

भैरहवा : यहाँ आयोजित १२ किलोमिटर म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर पुन बुढाले हात पारेका छन् । विश्व पोलियो दिवसको अवसरमा भैरहवाका रोटरी इन्टरनेशनलका क्लबहरुले गरेको १२ किलोमिटर म्याराथन ३४ मिनेटमा पार गर्दै बुढाले उपाधी चुमेका हुन् ।

प्रतियोगितामा राजविराजका अजितकुमार यादव दोश्रो र बाग्लुङका तिर्थ पुन तेश्रो भएको रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए । यादवले ३४ दशमलव ९ सेकेण्डमा र पुनले ३४ दशमलव ४२ सेकेण्डमा १२ किलोमिटर दुरी पार गरेका हुन् ।

राष्ट्रियस्तरका धावकहरुसहित १ सय १८ जनाको सहभागिता रहेको प्रतियोगितामा बुढाले प्रथम हुँदै नगद ५१ हजार प्राप्त गरे भने दोस्रो भएका यादवले २१ हजार र तेस्रो भएका पुनले ११ हजार सहित प्रमाणपत्र प्राप्त गरेको संस्थापक अध्यक्ष गुप्ताले बताए ।

त्यस्तै म्याराथनमा १० औँ स्थान सम्म पर्न सफल धावक र महिला धावकहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

लुम्बिनी गेटबाट सुरु भएको म्याराथन नगरका बर्मेलीटोल, नयाँसडक, जनकपथ, बसन्तपुर बाइपास हुँदै सशस्त्र क्याम्प डण्डा, आँखा अस्पताल, देवकोटाचोक, बैंकरोड, मिलनचोक हुँदै विद्रोही चोकमा पुगेर समापन भएको थियो । दौडमा धावकलाई हौसला प्रदान गर्न दक्षिण एसियाका म्याराथन रेकर्डधारी तथा आइकन बैकुण्ठ मानन्धर पनि सहभागी भएका थिए । 

विश्वमा पोलियो नियन्त्रण गर्न अहम भुमिका खेल्दै आएको रोटरी इन्टरनेशनल र त्यसका शाखाहरुले प्रत्येक वर्ष विश्व पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउँदै आएका छन् ।

विश्वलाई पोलियो मुक्त घोषणा गरिए पनि हालसालै पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा लगायतका देशहरुमा पोलियो देखिएको भन्दै त्यसलाई अन्य मुलुकहरुमा फैलन नदिन जनचेतनामुलक म्याराथनको आयोजना गरिएको रोटरी क्लव अफ भैरहवाका अध्यक्ष संजिव शर्मा रेग्मीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.