स्मार्टफोनको स्क्रिन ह्याङ हुँदा के गर्ने?
![स्मार्टफोनको स्क्रिन ह्याङ हुँदा के गर्ने?](https://annapurnapost.prixacdn.net/media/albums/phone_20181025065413_hSVruPsjSP.jpg)
स्मार्टफोनको स्क्रिन बारम्बार ह्याङ भइरहन्छ अथवा टच कमान्ड लिँदैन भने यसो गर्न सकिन्छः
एप्स डिलिट गर्ने
स्क्रिन गार्ड बदल्ने
कहिलेकाहीँ मोबाइलमा लगाइएको स्क्रिन गार्डका कारण पनि स्क्रिनले टच लिँदैन। खराब गुणस्तरको स्क्रिन गार्डका कारण यसो भएको हुन सक्छ। यसबाहेक स्क्रिन गार्ड पुरानो हुँदा पनि त्यसले टचको कमान्ड लिन छोड्छ। त्यसैले गुणस्तरीय स्क्रिन गार्ड प्रयोग गर्नुपर्छ।
रिस्टार्ट
फोन वा त्यसको स्क्रिन ह्याङ हुँदा सबैभन्दा पहिला फोन रिस्टार्ट गर्नुपर्छ। इलेक्ट्रिोनिक ग्याजेट ठीक गर्ने यो राम्रो तरिका हो। मोबाइलको स्क्रिन ह्याङ हुँदा फोन तुरुन्त रिस्टार्ट गर्नुपर्छ।
स्क्रिनलाई सुक्खा कपडाले पुछ्ने
कहिलेकाहीँ भिजेका हात, तेल वा क्रिमलगायत चिल्लो पदार्थ लगाइएका हातले स्मार्ट फोन प्रयोग गरिन्छ। जसले गर्दा फोनको स्क्रिन ह्याङ भइदिन्छ। यसो हुँदा सफा र सुक्खा कपडाले स्क्रिन सफा गर्नुपर्छ। यतिखेर मोबाइल स्विच अफ गर्दा ठीक हुन्छ। स्क्रिन सफा गरेपछि मात्र फोन स्विच अन गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)