जसले गरिन् अाफैँसँग बिहे

जसले गरिन् अाफैँसँग बिहे

बिहे गरेपछि मात्र जिन्दगी व्यवस्थित हुन्छ भन्ने मान्यता छ। ३० वर्ष काटेपछि समाजमा व्यक्तिले ‘बिहे कहिले गर्ने’ भन्ने प्रश्नको सामना गर्नुपर्छ। इंग्ल्यान्डको अक्सफोर्ड युनिभर्सिटीकी एक जना विद्यार्थीले यो प्रश्नको हल फरक ढंगले गरेकी छिन्। युगान्डाकी नागरिक ३२ वर्षीया जेमिमाले आफैँसँग बिहे गरेर सबैलाई चकित पारदिइन्। 

ब्रिटिस पत्रिका ‘डेली मेल’का अनुसार जेमिमाले आफ्नो विवाहको सम्पूर्ण तयारी गरिन्। बिहेको दिनका लागि बेहुलीको पहिरन पनि सिलाइन्। विवाहस्थलमा उनी परम्परागत तरिकाले पुगिन्। निम्तालुहरू त्यतिखेर आश्चर्यचकित भए, जब उनीहरूले बिहेमा दुलाहालाई देखेनन्। जेमिमाले अक्सफोर्डको पढाइ पूरा गर्नका लागि आफैँसँग बिहे गरिन्। 

‘आफैँसँग बिहे गर्ने मेरो निर्णयले मेरा साथी र परिवारलाई निराश बनायो,’ उनले भनिन्, ‘मलाई चाहिँ आफ्नो निर्णय ठीक लागेको छ। मैले पढाइ पूरा गर्ने आफ्नो प्रतिबद्धता परिवार र परिचितलाई बताएँ। त्यसका लागि अर्थ संकलन गर्न ‘गो फन्ड मी’ फेसबुक पृष्ठ पनि बनाएकी छु। म कुनै पनि हालतमा पढाइ पूरा गर्न चाहन्छु।’ 

जेमिमाले आफ्नो निर्णयले अभिभावकलाई दुःखी बनाएको बताइन्। ‘युगान्डामा रहेका मेरा आमाबुबा त्यति खुशी हुनुहुन्न,’ उनले भनिन्, ‘उहाँहरू म युगान्डा फर्किएर बिहे गरूँ भन्ने चाहनुहुन्छ। तर, म पढाइ पूरा गर्न चाहन्छु।’ उनले अप्रसन्न आमाबुबालाई बिहेको तस्बिर पठाएकी थिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.