पर्वतारोहण प्रवर्द्धन गर्न नचढिएका हिमाल आरोहण

पर्वतारोहण प्रवर्द्धन गर्न नचढिएका हिमाल आरोहण

काठमाडौं : पर्वतारोहण प्रवर्द्धन गर्न संखुवासभाका कीर्तिमानी आरोही आङफुर्वा शेर्पासहितको आरोही टोलीले नचढिएका हिमाल आरोहण अभियान थालेका छन्। सरकारले ४ सय ३ हिमाल आरोहण खुला गरे पनि सयभन्दा बढीको अझै आरोहण भएको छैन। त्यसैले तिनको प्रवर्द्धन गर्न पर्वतारोहीहरूले नचढिएका हिमाल आरोहण थालेको बताएका छन्। टोलीले ३ नयाँ हिमालको सफल आरोहण गरिसकेको छ।

टोलीले २०७२ मा बुर्केखाङ हिमाल (७,१९५ मिटर), २०७३ मा खाङजुङस्यार (यूआईएए पिक ६,०६१ मिटर) र २०७४ मा थार्केखाङ हिमाल (६,७१० मिटर) को सफल आरोहण गरिसकेको छ। यसै महिना आरोही आङफुर्वाको नेतृत्वमा संखुवासभाका पासदावा, टासी, कामदोर्ची, मिङदोर्ची र सोलुखुम्बुका लाक्पाडेन्डी शेर्पाले खुम्बु क्षेत्रको नुप्लाखाङ हिमाल (६,८६१ मिटर) आरोहण गर्ने भएका छन्।

महालंगुर हिमशृंखलाअन्तर्गत खुम्बुक्षेत्रमा रहेको यी हिमाल पहिलो पटक आरोहण गरिँदै छ। साना हिमाल भए पनि प्राविधिक रूपमा कठिन र आकर्षक रहेकाले विदेशी आरोहीको रोजाइमा पर्ने आङफुर्वाले बताए। सरकारले खुला गरे पनि आरोहण हुन नसकेका हिमालको प्रवर्द्धन गर्न अभियान थालेको फिक्सिङ लिडरसमेत रहेका गाइड शेर्पाको भनाइ छ।

१२ वर्ष अघिदेखि पर्वतारोहण क्षेत्रमा लागेका शेर्पाले ७ पटक सगरमाथा, ५ पटक मनास्लु, २ पटक ल्होत्से, मकालु, केटु, छ्योयू, धौलागिरिलगायत दर्जनभन्दा बढी अग्ला हिमाल र ३० भन्दा बढी साना हिमाल आरोहण गरिसकेका छन्। कीर्तिमानी आरोही शेर्पाले नयाँ हिमालको आरोहण मात्र नभई पर्वतारोहण पर्यटन विकास गर्ने अभियानसमेत सुरु गरेको बताए।

सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ। अन्य हिमाल गुमनाम छन्। एक पटक आरोहण गरेका हिमाल पुनः आरोहण गर्न नचाहने भएकाले विश्वभरका आरोही दोहोर्‍याएर आरोहणमा नआएको शेर्पाको भनाइ छ। हिमालसम्म पुग्ने बाटो, भौतिक संरचना, क्याम्प स्थल र प्रचारप्रसार अभावले डेढ सयभन्दा बढी हिमालको आरोहण हुन नसकेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए।

हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले आरोहण आयोजना गरेको हो भने अमेरिकाको मेडिसन माउन्टेनियरिङ कम्पनीले विदेशी आरोहीसमेत सहभागी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.