सुकुम्बासीको घरमा वडाको डोजर

सुकुम्बासीको घरमा वडाको डोजर

चितवन : रत्ननगर नगरपालिका ९ मा रहेको सुकुम्बासी बस्तीमा शुक्रबार डोजर लगाइएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै वडा कार्यालयले डोजर लगाएर भत्काइदिएको हो। सुकुम्बासी बस्तीमा बनाउँदै गरेको सुकराम दरै र मनिकलाल मुखियाको घरमा वडा कार्यालयले डोजर चलाएको हो। दरैको घरको झ्यालढोका हालिसकेको थियो भने मुखियाको घर भने जग हाल्दै थिए।

वर्षौंदेखि भोगचलन गर्दै आए पनि सार्वजनिक जग्गामा कुनै संरचना नबनाउन नगरपालिकाले सूचना जारी गर्दासमेत अटेर गरेकोले बाध्य भएर डोजर चलाउनु परेको वडा कार्यालयले जनाएको छ। ‘नगरपालिकाले अपनाएको नीतिअनुसार कसैले पनि सार्वजनिक जग्गा ओगटेर संरचना बनाउन पाइँदैन’, वडासचिव खगराज पराजुलीले भने, ‘पटक पटक भन्दा पनि अटेर गरेर संरचना निर्माण गरेको जानकारी पाएपछि हामी डोजर लिएर आएका हौं।’

कुनै पनि सुकुम्बासी बस्तीमा भएका पुराना संरचनाबाहेक नयाँ स्थानमा संरचना बनाउन नपाइने उनले बताए। ‘पुरानो संरचनामा बसिरहेका सुकुम्बासीलाई हटाउन परे पनि नगरपालिकाले विकल्प दिएर मात्रै हटाउँछ,’ उनले भने, ‘तर, नयाँ ठाउँ कब्जा गरेर संरचना निर्माण गर्ने जोकोहीले पनि नगरपालिकाले भनेको नमाने त्यस्ता घरमा हामी डोजर चलाउन बाध्य हुनेछौं।’

सुकुम्बासीको पुराना घरमा नगरपालिकाले नम्बर लगाएको छ। ती बाहेकका अन्य संचरना निर्माण भएको पाइएमा नगरपालिकाले कारबाही गर्ने वडासचिव पराजुलीले बताए। ‘हामीले करिब १५ दिन हामीले कु¥यौं। तर, उहाँहरूले अटेर गरेर संरचना बनाउनुभयो,’ उनले भने, ‘पुरानै घर भएको डोभमा भत्काएर बनाइएका संरचनालाई नगरपालिकाले केही गरेको छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.