मापसे गरी सवारी चलाउनेलाई प्रहरीले पढाउने

मापसे गरी सवारी चलाउनेलाई प्रहरीले पढाउने

बिर्तामोड : झापामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर ट्राफिक नियमका विषयमा कक्षा समेत दिन थालेको छ ।

यसअघि जरिवाना मात्रै गराएर छाड्ने गरिए पनि अब भने ट्राफिक नियमको ज्ञान दिन कक्षा नै सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए ।

कानुन र ट्राफिक नियमलाई अटेरी गर्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम नरोकिएपछि यस्तो अभियान थालिएको प्रहरीको भनाइ छ । अभियानको क्रममा पहिलो दिन १७ जना सवारी चालक कारवाहीमा परेका छन् । उनीहरुलाई मापसे गरेर सवारी चलाउनु हुँदैन भन्ने कक्षा दिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख कृष्ण प्रसाद कोइरालाले बताए ।

कारवाहीमा परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु हुन्न भन्ने विषयमा सिकाइएको प्रहरीले जनाएको छ ।अभियानको पहिलो चरणमा कक्ष लिने, पटके भए एक रात थुन्ने र फेरि दोहोरिएको खण्डमा जिल्ला प्रशासन कार्यालय झापालाई कारवाहीका लागि सिफारिस गरिने प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.