रौतहटको कटहरिया बजारमा आगलागी

रौतहटको कटहरिया बजारमा आगलागी

गौर : रौतहटको कटहरिया नगरपालिका ५ स्थित मुख्य बजार नजिकै रहेको हाटबजारमा शनिबार दिउँसो आगलागी भएको छ। आगलागीबाट हाटबजार लाग्ने  एकसय ३५ वटा टहराहरु जलेर पूर्णरुपमा नष्ट भएका छन्।

पसलहरु राख्नका लागि बनाइएका फुसका टहरामा लागेको आगो निभाउन सदरमुकाम गौरबाट दमकल झिकाइएको थियो। 

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरीयाका प्रहरी नायब निरीक्षक  आमोदप्रसाद यादवले जानकारी दिए। आगलागीको कारण भने खुल्न सकेको छैन। टहरामा बुधबार र आइतबार साप्ताहीकरुपमा बजार लाग्ने गरेको छ।  

आगलागी बाट करिब १४ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ। बजार क्षेत्रमा  ठूलो आगलागी भएपछि कटहरीया बजार क्षेत्रका स्थानीय त्रसित बनेका थिए भने वरपर पसल राखेर व्यापार गर्दै आएका व्यापारीहरु आगो नियन्त्रणमा नआएसम्म त्रासमा देखिएका थिए।

आगलागीबाट मानवीय क्षति भने हुन पाएन। मानिसको भिड कम भएको दिउँसो आगलागी भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए। 

कटहरीया बजारमा लाग्ने हाटबजार त्यस क्षेत्रकै ठूलो भएको स्थानीय व्यापारी विजय यादवले बताए। पछिल्ला दिनहरुमा रौतहटका विभिन्न स्थानहरुमा आगलागीका घटना भइरहेका छन्। 

एकसाता अघि गढीमाइ नपाको ६ नम्वर वडामा एकघर जलेर नष्ट भएको थियो। यस्तै बिहीबार दिउँसो पनि गौर नपाको सिसवाटोलमा पनि आगलागी भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.