‘प्रेम दिवस’मा आयुष्मान र प्रियंका

‘प्रेम दिवस’मा आयुष्मान र प्रियंका

बिर्तामोड: विहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्की अब नयाँ चलचित्र ‘प्रेम दिवस’ मा रिल लाइफ जोडीमा पनि आउँदै छन्। यो जोडी अहिले चलचित्रको छायांकनका लागि झापा पुगेको छ।

यसअघि कार्तिक ८ गतेबाट चलचित्र छायांकन हुने बताइएको भएपनि छायांकनको सुरुवात भने कार्तिक ११ गते इलामको श्रीअन्तुबाट हुने निर्माण पक्षले बताएको छ। आयुष्मान देशराज र प्रियङ्का कार्कीसहित चलचित्र निर्माण टिमले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै यो चलचित्र पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न लागिएको बताएको छ।

चलचित्रका निर्देशक योगेश घिमिरेले चलचित्रको छायांकन प्रदेश १ मा रहेका इलाम र झापाको विभिन्न पर्यटकीय स्थलमा गरिने बताए।

‘हाम्रो उद्देश्य भनेको मनोरञ्जन सँगसँगै पर्यटन क्षेत्रको प्रचार गरी पर्यटन प्रवर्दन गर्ने पनि हो,’ निर्देशक घिमिरेले भने। यो चलचित्रमा माया प्रेमका कुरासहित विकास र पर्यटनलाई समेत जोडेको उनको भनाइ छ।

रियल जोडी अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशी यो चलचित्रको मुख्य भूमिकामा देखिने छन्। असोज २४ गते घटस्थापनाको अवसर पारेर काठमाडौको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको थियो। यो चलचित्रलाई पहिला ‘राधा २’ नाम दिएको भइ पनि अहिले नाम परिवर्तन गरि प्रेम दिवस नामाकरण गरिएको छ। संजय न्यौपानेको लगानी रहने चलचित्रको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन्।

चलचित्र १ करोड ३० लाख लगानिमा निर्माण हुने र यसको सबै पक्ष निर्माणमा कुनै कञ्जुस्याई नगरिने लगानीकर्ता संजय न्यौपानेले बताए। चलचित्रमा सुशीलजंग कार्की, महेश खड्का, महाराजा थापा, दीपक शर्मा र बसन्त सापकोटाको संगीत रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी साथै हरि लामाको छायांकन हुनेछ। यसै चलचित्रबाट विशाल खरेलले नायकको रुपमा डेव्यु गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.