वनबाटै काठ तस्करी, गोलियासहित दुई तस्कर पक्राउ

वनबाटै काठ तस्करी, गोलियासहित दुई तस्कर पक्राउ

चन्द्रपुर : रौतहटको राष्ट्रिय वनभित्र काचो सालको रुख काटेर चिरान गरी काठ तस्करी हुने गरेको फेला परेको छ। धन्सर इलाका वन कार्यालयअन्र्तगत भोलनटार नजिकै वनगस्ती टोलीले वनभित्र ठूलो परिमाणमा चिरान काठ तथा गोलिया बरामद गरेको छ।

वनभित्र नै काठ चिरान गरी तस्करी हुनुले कर्मचारीकै मिलोमत्तो हुनसक्ने स्थानीयको आशंका छ। वनभित्र काठ चिरान गरिरहेको अवस्थामा दुईजना कामदारलाई वन कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

चन्द्रपुर- ३ का चन्द्रबहादुर मोक्तान र लालबहादुर जिम्वालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । गस्तिटोलीले ४२ थान चिरान काठ र २ थान सालको गोलिया बरामद गरेको धन्सार इलाका वन कार्यालयका रेन्जर बद्रीप्रसाद ढुंगानाले जानकारी दिए। 

काठ तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा गस्ति बढाउँदा तस्करसहित काठ बरामद गरिएको रेन्जर ढुंगानाले बताए।चाडबाडमा वनगस्ति कम हुने मौका छोपेर काठ तस्करी बढेको स्थानीयको भनाइ छ। जिल्लाको धन्सार, बृन्दावन, जुडीवेला रंगपुरलगायतको वन क्षेत्रमा काठ तस्करी बढ्दै आएको छ।

कर्मचारीकै मिलोमत्तोमा काठ तस्करी हुने गरेको समेत स्थानीयको आरोप छ । वन कार्यालय छेउबाटै जीप,ट्याक्टरमा काठ लैजादा पनि कर्मचारीलाई अत्तोपत्तो हुँदैन। धन्सार, गैडाटार रंगपुर वन क्षेत्रका सालका रुख काटेर मुख्य राजमार्गहुँदै जीप, ट्याक्टरमा राखेर गोलिया तस्करी हुँदा यसअघि पनि काठ बरामद भएको थियो।

वनभित्रै चिरान गरेर काठ तस्करीको घटना यो पहिलो भने होइन।  रौतहटको वन क्षेत्रमा यसअघि पनि पटकपटक काचो रुख काटेर वनभित्र नै चिरान गरी बारा,सर्लाही जिल्लासम्म पुर्‍र्याउने गरेको पाइएको थियो। 

रौतहटको वनबाट जीप, ट्याक्टर, मोटरसाइकल, साइलक, टायरगाडामा लोड गरेर सालको गोलिया काठ तस्करी हुने गरेको छ। काठ तस्करीमा प्रयोग भएका अधिकांश सवारी साधनमा नक्‍कली नम्बर प्रयोग गरिएको पाइएको छ । तस्करीका काठहरु वनक्षेत्र नजिकै रहेको चिरान मिलमा बिक्री हुने गरेको छ। 

वनगस्ति टोलीले चिरानमिलबाट चोरी तस्करी गरी बिक्री गरेको काठ बरामद गर्दै आएको छ। केही दिनअघि मात्रै बाल्चनपुरस्थित एक चिरानमिलबाट सालको गोलिया बरामद गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.