भन्सार छलेको करिब डेढ लाख बराबरको सामान बरामद
बिर्तामोड : झापाको मेचीनगरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राउँदै गरेको १ लाख ४५ हजार ९ सय ८० मूल्य बराबरको सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको बिडी ३ बन्डल, सर्ट ६४ पीस, भेस्ट १८० पीस, जम्फर १८ सेट बरामत गरेको हो।
साथै प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको सुख्खा सुपारी ४२ किलो, हरियो मटर एक सय किलो, खुकुरी चुरोट १३ डन्डा र निधि गुट्खा २४ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए।