लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

दाङ : ब्राउन सुगर (गैरो हिरोइन) लगायत आगुऔषध ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गढवा दाङले गढवा गाँउपालिका–१ जुरेनीबाट ब्राउन सुगर सहित विभिन्न लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके बैजनाथ गाँउपालिका–१ का नरबहादुर पाण्डे, सोही गाँउपालिका गाभरका भीमसिंह रोकाया र वडा नं २ मकैबारीका छवि गुरुङ छन् ।

उनीहरुबाट प्रहरीले दुईग्राम खैरो हेरोइन, गाँजा जस्तो देखिने लागुऔषध १६ ग्राम, नगद ९ हजार ५ सय रुपैयाँ, ३ वटा मोवाइल फोनसेट, चुरोटका फिल्टर १ प्याकेट, चुरोट पेपर ६ प्याकेट, ब्लेड १ थान, लाइट २ थान र सिक्का १ थान बरामद गरेको छ । साथै लागुऔषध आसारपसारमा प्रयोग हुने से १ च ११९० नम्बरको बोलेरो जीप पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ गरी तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएकोे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए । प्रहरीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत जुरेनीमा पोखराबाट कोहलपुर तर्फ जाँदैगर्दा संकास्पद अवस्थामा देखिएपछि पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने प्रहरी निरीक्षक गोलेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.