पतिले बलात्कार गरेको भन्दै पत्नीले दिइन् उजुरी, प्रहरीले पक्राउ गर्यो

पतिले बलात्कार गरेको भन्दै पत्नीले दिइन् उजुरी, प्रहरीले पक्राउ गर्यो

महेन्द्रनगर : कञ्चनपुरमा एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । सोमबार भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएकी प्रहरीले जनाएको छ । 

महिला र बालबालिकामाथि कञ्चनपुर जिल्लामा बलात्कार लगायतका यौनजन्य हिंसा बढिरहेका बेला पतिले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमै मुद्दा दायर भएको घटना बाहिर आएको हो । 

‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’

प्रहरीका अनुसार उनीहरुको बिहे डेढ वर्षअघि भएको थियो । मुद्दा दर्ता भएपछि सोमबार नै प्रहरीले महिलाका पतिलाई पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको डीएसपी ओझाले जानकारी दिए । 

भदौं १ गतेदेखि लागू नयाँ कानुनपछि पत्नीले पतिविरुद्ध जिल्लामा दर्ता गरेको यो मुद्दा पहिलो हो । प्रहरीले घट्नाबारे अनुसन्धान सुरु गरेकोसमेत जनाएको छ । 

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.