शर्माले दिए मगरलाई दागबत्ती

शर्माले दिए मगरलाई दागबत्ती

नारायणगढ  : दस वर्षअघि बुबा र दुई वर्षअघि आमा बित्दा जेठो छोरा भएर पनि उनले दागबत्ती दिन सकेनन्। तिनै केपीकिरण शर्माले सोमबार भने अपरिचित वृद्धलाई दागबत्ती दिएका छन्। उनी भन्छन्, ‘मेरो मन कमजोर छ। मैले बुबा र आमाको शव हेर्न सकिनँ। दागबत्ती दिन भाइलाई जिम्मा लगाएँ।’

चितवन रत्ननगर ११ का उनले देवघाटमा जाजरकोटका ६० वर्षीय टेकबहादुर थापामगरको चितामा आगो लगाएका हुन्। टेकबहादुरको आइतबार दिउँसो साढे १२ बजे भरतपुरस्थित मानवसेवा आ श्रममा निधन भएको हो। ‘परिस्थितिले मानिसलाई बाध्य गराउँदोरहेछ’, भावुक हुँदै उनले भने, ‘बुबाआमाको शव हेर्न नसकेको मैले आज अपरिचित व्यक्तिको चितामा दागबत्ती दिएँ।’ पराइको सेवा गर्न पाएकोमा भने उनी औधी खुसी छन्।

उनी भन्छन्, ‘यस्तो सेवा गर्ने मौका सबैलाई कहाँ मिल्छ र ? ’ एक दशक अघिदेखि ‘चेपाङका बा’ भनेर चिनिएका केपीकिरणले असोज २ गते बिहान मगरलाई फेला पारेका थिए। ‘बिहान ११ बजे रत्ननगर बकुलहर अस्पताल पुग्दा टेकबहादुरका बारेमा प्रहरी र अस्पताल कर्मचारीबीच भनाभन भइरहेको देखें’, उनले भने, ‘बुझ्दा प्रहरीले अस्पतालमा छोड्न खोज्ने र अस्पतालले वेवारिसे भनेर राख्न नमानेको रहेछ। त्यसपछि मैले जिम्मा लिएर भरतपुर अस्पताल पुर्‍याएँ।’

मगरलाई प्रहरीले रत्ननगरस्थित अस्पताल टाँडी पुर्‍याएको थियो। वेवारिसे उनलाई भरतपुर अस्पतालमा १९ दिन उपचार गरी भरतपुरकै मानवसेवा आश्रममा राखेर केपी घर फर्किएका थिए। मगरको उपचारमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले सहयोग गरेका थिए। ‘अस्पताल बसुञ्जेल आफन्तको खोजी गर्दा पनि कोही सम्पर्कमा नआएपछि आ श्रममा लगेर राखिदिएँ’, उनले भने, ‘दुई साताको आ श्रम बसाइपछि आज संसार छाडे।’ निको भएर आ श्रमको जिम्मा लगाएर गएका शर्माले जाने बेलामा केही अप्ठ्यारो परे म छु भनेर गएका थिए।

‘यदि उनको मृत्यु नै भएछ भने पनि मैले दागबत्ती दिनेछु भनेर बाचा गरेको थिएँ’, उनी भन्छन्, ‘घटना दुःखद भए पनि मैले गरेको बाचा पूरा भएको भएको छ।’ घर जाजरकोट भए पनि रोजगार गरेर भारतबाट आउँदाआउँदै बाटोमा बिरामी भएपछि बसले पनि बाटैमा ओरालिदिएको बताएका थिए मगरले। बेखर्ची भएपछि बाटैमा अलपत्र परेपछि प्रहरीले मद्दत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.