निर्मला हत्या प्रकरण : थप चारजनाको डिएनए परीक्षण गरिँदै

निर्मला हत्या प्रकरण : थप चारजनाको डिएनए परीक्षण गरिँदै

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याप्रकरणको अनुसन्धानमा प्रहरीले थप चारजनाको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेको छ ।

लामो अनुसन्धानका क्रममासमेत ठोस परिणाम आउन नसकेपछि प्रहरीले शंकास्पद अन्यको पनि डिएनए परीक्षण गर्न रगतको नमुना संकलन गरेको हो । 

मंगलबार चारजनाको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको कञ्चनपुरका डीएसपी एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले जानकारी दिए । डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएका चारैजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

‘मंगलबार नै चारैजनाको रगत संकलन गरिएको छ’उनले भने,‘ संकलन गरिएको रगतको नमुना परीक्षणका लागि पठाएका छौं ।’ प्रहरीले अनुसन्धान प्रक्रिया साँघुरो पार्दै लगिरहेको बताइरहेका बेला शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्न लागिएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.