दार्चुलामा अब ‘स्याउ जोन’, तर किसानलार्इ बजारकै चिन्ता

दार्चुलामा अब ‘स्याउ जोन’, तर किसानलार्इ बजारकै चिन्ता

दार्चुला : प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना अन्तरगत दार्चुला जिल्लामा पनि ‘स्याउ जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगतको उक्त परियोजनाले ६ वर्षमा दार्चुलाको ५ सय हेक्टर जमिनमा स्याउ खेती गरिने बताइएको छ । यही चालु आर्थिक वर्षदेखि सुरु गरी ०८१ सम्म सञ्चालन हुने परियोजनामा ७० प्रतिशत लगानी संघीय सरकार र ३० प्रतिशत स्थानीयको लगानी हुने परियोजना कार्यान्वयन इकाइ दार्चुलाका निम्ति प्रमुख विष्णुप्रसाद ओझा बताए ।

जिल्लाको हिमाली क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको व्यास, राप्ला र सुन्सेरा, अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी र सितोला तथा नौगाड गाउँपालिकाको इयरकोटका विभिन्न ठाउँमा स्याउ फलाइने परियोजना कार्यान्वय इकाई कार्यालयले जनाएको छ ।

‘समुद्री सतहबाट २ हजार ५ सयदेखि ३ हजार ५ सय मिटर उचाइसम्मको भू–भागमा स्याउ उत्पादन गर्न सकिने छ,’ उनले भने, ‘स्याउ खेतीका लागि गाउँपालिकासँग समन्वय भइरहेको छ । केही गाउँपालिकाहरूमा माटो परीक्षणको कार्य चलेको छ ।’

व्यास गाउँपालिकामा माटो परीक्षणका लागि प्राविधिकहरूको टोली व्यासको छाङरु र तिंकर गएको छ । स्याउ उत्पादनबाट आयआर्जन गरी जनताको जीवनस्तर माथि उकास्ने उद्देश्यले ‘स्याउ जोन’ लागू कार्यक्रम देशभरका हिमाली जिल्लाहरूमा लागु भएको कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा उन्नत जातको बीउ, नयाँ पद्धति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकुल परिस्थिति हेरेर समुद्री सतहबाट २ हजारदेखि ४ हजार मिटरको उचाइमा पनि स्याउ खेती गर्न सकिने कृषि प्राविधिक हरिदत्त जोशी बताउँछन् ।

यो कार्यक्रम लागु भएपछि स्थानीयस्तरमा कृषकहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ । स्याउको बीउको राम्रो उन्नत जातको लगभग प्रतिकिलो ३५ हजारदेखि ४५ हजारसम्म पर्छ । स्याउको बोटको प्रतिबोट ७५ रुपैयाँदेखि एक हजार ५ सयसम्म पर्ने अनुमान गरिएको छ । चालु आवको कार्यक्रम सञ्चालनका लागि यहाँ १ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको निमित्त प्रमुख ओझाले जानकारी दिए ।

बजारर्क चिन्ता :
जिल्लाका हिमाली क्षेत्रका किसानले करिब एक दशकयता व्यावसायिक रूपमा स्याउ उत्पादन गर्दै आएका छन् । व्यास र अपी हिमाल गाउँपालिकाका केही ठाउँमा पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा स्याउ उत्पादन गरिए पनि ढुवानीको समस्या भोग्दै आएको किसानहरूको गुनासो छ । बजारको समस्याले अधिकांश स्याउ बारीमै कुहिँदा किसान चिन्तित छन् ।

बजार र ढुवानी समस्याका कारण बारीमा फलेको स्याउलाई बजारसम्म पुर्याउन नसक्दा यो क्षेत्रमा व्यावसायिक खेतीमा ठूलो समस्या भोगिरहेको व्यास गाउँपालिकाका अध्यक्ष दिलीप सिंह बुढाथोकीले बताउँछन् ।

राज्यले यहाँको उत्पादित स्याउलाई बजारसम्म सहज रूपमा पुर्याउने व्यवस्था गर्न सके वा स्थानीयस्तरमा स्याउको चिस्यान केन्द्र स्थापना गरे यहाँका सबै स्थानीयले व्यावसायिक स्याउ खेती गर्नसक्ने बुढाथोकी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.