आतंककारी गतिविधिमा संलग्न सात जनालाई सम्पत्ति शुद्धीकरण मुद्दा: को-को छन् ?

आतंककारी गतिविधिमा संलग्न सात जनालाई सम्पत्ति शुद्धीकरण मुद्दा: को-को छन् ?

काठमाडाैं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आतंककारी गतिविधिमा रकम लगाएको अभियोगमा दुई मुख्य योजनाकारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भारतका विभिन्न ठाउँमा भएका विस्फोटमा उनीहरूको संलग्नता रहेको आरोप छ ।

विभागले दुबईबाट एक जना पाकिस्तानीले नेपाल र भारतमा आतंककारी गतिविधिका लागि रकम पठाउने गरेको जनाएको छ। दुबईमा रहेका कलैया—८ विद्यानगरका ४८ बर्से समसुल होदाले पाकिस्तानका सफीसँग पैसा लिएर नेपाल पठाउँथे। उक्त रकम नेपाल र भारतमा आतंकवादी गतिविधिमा खर्चिएको अनुसन्धानले देखाएको छ ।

विभाग स्रोतका अनुसार सफी त्यहाँ बसेर आतंकवादी गतिविधिमा सहयोग गर्थे। उनीसँग मिलेर होदाले आतंककारी क्रियाकलापका लागि बारा गढीमाई–१ बस्ने गिरी बाबा भनिने बृजकिशोर गिरीलाई पैसा पठाउँथे। होदाले बारम्बार पैसा पठाउने गरेका थिए। पछिल्लो पटक होदाले गिरीलाई पठाएको ५ लाख ४५ हजार रुपैयाँको छानबिन गर्दा त्यसरी आएको सबै रकम आतंकवादी गतिविधि गर्न÷गराउन खर्च गरेको पुष्टी भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले आतंक मच्चाउन रकम दिने मुख्य योजनाकार र मतियारविरुद्ध मुद्दा दायर गरिएको बताए। उनले भने, ‘कालोधनका घटना विभागले प्राथमिकता दिएर अनुसन्धान गरिरहेको छ ।’

होदाले बृजकिशोरलाई पैसा पठाएको जानकारी पाएपछि बारा प्रहरीले गोप्य अनुसन्धान गरेको थियो। प्रहरीले उक्त रकमबारे छानबिन गर्न विभागसँग आग्रह गरेको थियो। विभागको अनुसन्धानले उक्त रकम आतंकवादी गतिविधिमा खर्च हुने गरेको फेला पारेको छ। त्यसका आधारमा सरकारी वकिलको सुझावमा विभागले उनीहरूविरुद्ध अदालत पुगेको हो ।

 दुबईबाट सफीले पठाएको रकम भारतमा विस्फोट गराउन खर्चिएको अनुसन्धानले देखाएको छ ।

होदा र बृजकिशोरले आतंक फैलाउन उक्त रकम प्रयोग गरेको अनुसन्धानले देखाएको छ। होदाले उक्त रकम हिमाल रेमिटबाट पठाएको स्रोतले बताएको छ। बृजकिशोरले मोजाहिर अन्सारी, आशिष सिंह, उमेशप्रसाद कुर्मी, धीरज पाल र लड्डु भनिने राजकिशोर गिरीलाई आतंककारी गतिविधि गराउन गर्न÷गराउन प्रयोग गरेका थिए ।

उनीहरूले बृजकिशोरसँग नियमित सम्पर्क, भेटघाट, छलफल र मिलेमतोमा आतंककारी गतिविधिको योजना बनाउने गरेका थिए। दुबईबाट सफीले पठाएको रकम भारतका नकरदही र घोडासहन रेल्वे स्टेसनलगायत भिडभाड हुने ठाउँमा विस्फोट गर्न÷गराउन उक्त रकम खर्चिएको अनुसन्धानले देखाएको छ ।

विभागले आतंकवादमा वित्तिय लगानी नियन्त्रणसम्बन्धी महासन्धि र सम्पत्ति शुद्धीकरण ऐनअनुसार मुख्य योजनाकार तथा आतंकवादी गतिविधिमा रकम लगाउने होदा र बृजकिशोरविरुद्ध सजाय माग गरेको छ। उनीहरूका मतियारविरुद्ध पनि विभागले सजाय माग गरेको  आतंकवादी गतिविधिमा रकम लगानी कसुरसम्बन्धी यो दोस्रो मुद्दा हो। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ४३ र आतंकवादसम्बन्धी २ गरी कुल ४५ वटा मुद्दा दर्ता गराएको छ ।

विभागले कालोधनसम्बन्धमा छानबिन भइरहेको बताइरहँदा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले कालोधनबारे छानबिन नभएको आरोप लगाएका छन। बुधबार सुरु पार्टीको संघीय बैठकमा उनले पेस गरेको राजनीतिक प्रतिवेदनमा विभाग प्रधानमन्त्री कार्यालयमातहत राखेयता कालोधनसम्बन्धी एउटा पनि छानबिन नगरेको उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.