नुहाउन गएका प्रहरी जवान सेती नदीमा बेपत्ता

नुहाउन गएका प्रहरी जवान सेती नदीमा बेपत्ता

बझाङ : सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नुहाउन गएका एकजना सशस्त्र प्रहरीका जवान नदीमा पौडी खेल्दै गर्दा बेपत्ता भएका छन्। 

चैनपुर बजारको पछाडि पट्टि सिमलरुख नजिकैको सेतीको गहिरो तालमा बेपत्ता भएका हुन्। 

कन्चनपुर जिल्ला बेलौरी नगरपालिका १ घर भएका सशस्त्र प्रहरी जवान राजेन्द्र बुढा बिहीबार नुहाउन जाँदा सेतीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरीका डीएसपी भुवनराज पन्तले जानकारी दिए।

बेपत्ता प्रहरी जवानको सशस्त्र प्रहरी जवान र नेपाली सेनाको टोलीले खोजी कार्यलाई तिब्रता दिएको छ। बेपत्ता प्रहरी जवान राजेन्द्र प्रहरी सेवामा भर्ना भएको तीन वर्षमात्र भएको थियो। 

बेपत्ता राजेन्द्र पौडी खेल्न सिपालु प्रहरी जवान हुन्। तर उनलाई पानीले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाइ छ। उद्धार कार्यमा कठिनाइ भएपछि काठमाडौंबाट गोताखोर झिकाएर उनको उद्धार गर्ने पहल भइरहेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.