त्रिवि अध्यागमनले टेरेन गृह मन्त्रालयको निर्देशन

त्रिवि अध्यागमनले टेरेन गृह मन्त्रालयको निर्देशन

काठमाडौं : जथाभावी यात्रु नर्फकाउनू भन्ने गृह मन्त्रालयको पछिल्लो लिखित निर्देशन अवज्ञा गर्दै त्रिवि अध्यागमन कार्यालयले बिनाकारण यात्रु फर्काउने क्रम रोकेको छैन। बुधबार मात्रै टुरिस्ट भिसामा दुबईलगायत विभिन्न मुलुक हिँडेका झन्डै आधा दर्जन यात्रुलाई पर्याप्त आधार र कारणबिनै फिर्ता गरिदिएको स्रोतले बताएको छ।

गृह मन्त्रालयले कात्तिक ७ मा संशोधन गरेको अध्यागमन कार्याविधिमा उल्लेख भएको सामान्य प्रावधानको समेत ख्याल नगरी अध्यागमन डेस्कमा बसेका कर्मचारीले यात्रु फिर्ता गरेका हुन्। फर्काइएकाहरूलाई स्पष्ट कारणसमेत दिन सकेका छैनन्।

 अधिकृतले शंका लागेका वा कागजपत्र नपुगेका यात्रुको सबै विवरण वरिष्ठ अध्यागमन अधिृकतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। कुनै यात्रुलाई प्रस्थान अनुमति नदिई फर्काउनुपरे वरिष्ठ अध्यागमन अधिकृतले अध्यागमन प्रमुखको समेत स्वीकृति लिनुपर्ने प्रावधान छ।

तर बुधबारको घटनामा अध्यामगन अधिकृतले न वरिष्ठलाई जानकारी दिए, न त कार्यालय प्रमुखलाई नै। डेस्कमा रहेका अधिकृतले वरिष्ठ र कार्यालय प्रमुखसँग परामर्श नै नगरी सीधै यात्रु फर्काइदिएको भेटिएको छ। आफूले पनि बिनाकारण यात्रु फर्काएको सूचना पाएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। ‘जथाभावी यात्रु फर्काउने कर्मचारीलाई कारबाही हुन्छ’, उनले भने।

बुधबार राति नेपाल एयरलाइन्सको जहाजबाट दुबई जान लागेका तनहुँका वीरेन्द्र थापासहित तीन जनालाई अध्यागमन डेस्कमा बसेका कर्मचारीले फिर्ता गरेका छन्। जब कि उनीहरूले टुरिस्ट भिसामा यात्रा गर्न अपनाउनुपर्ने सबै मापदण्ड पूरा गरेका थिए। तर पनि थापालगायतलाई अध्यागमनका कर्मचारीले फर्काइदिए। सबै मापदण्ड पूरा गरी आफ्नै खर्चमा दुबई घुम्न जानसमेत कर्मचारीले नदिएको अध्यागमन विभागमा बिहीबार भेटिएका थापाले गुनासो गरे।

‘आफूलाई फिर्ता गर्नुको कारण सोध्दा अध्यगमन अधिकृतले पुलिस लगाइदिने धम्की दिए’, उनले भने, ‘दुबईबाट दाइसँग कुरा गराउन खोज्दासमेत मानेनन्। त्यसपछि फर्किएँ।’ एक महिनाअघि आफ्नै भाइसमेत सोही प्रक्रियाबाट दुबई गएको उनले बताए। उस्तै खालका कागजातका आधारमा कसैलाई फिर्ता गर्ने र कसैलाई जान दिनुले कर्मचारीको नियतसमेत शंकास्पद रहेको उनको भनाइ छ। उनी दुईमहिने पर्यटक भिसामा दुबई घुम्न जाँदै थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.