रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै तरुण दलको राँके जुलुस प्रदर्शन

रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै तरुण दलको राँके जुलुस प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै युवा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंमा राँके जुलुस निकालेको छ।

पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा तरुण दलले शनिबार काठमाडौंको प्रदर्शनमार्गमा राँके जुलुस निकालेको हो। सो क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ। यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.