बेनिशाको बिर्सने रोग?
![बेनिशाको बिर्सने रोग?](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_20181102062103_nIxtW0XoSp.jpg)
काठमाडौं : फुर्सदमा छिन्, बेनिशा हमाल। हातमा न फिल्म छन्, न म्युजिक भिडियो। फुर्सद भए पछि नानाथरी फुर्छ मान्छेलाई। उनलाई पनि हलिउड र बलिउडमा चलिरहेको यौन हिंसासम्बन्धी अभियान ‘मी टू’मा बोल्न मन लाग्यो।
उनले एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा आफूलाई एउटा बैंकको सीईओले नगरकोट जान प्रस्ताव गरेको तर आफूले झापड हिर्काएको बताइन्। तर, जब पत्रकारले नाम जान्न चाहे, उनले नाम चाहिँ याद नभएको बताइन्। उनको यो उत्तरलाई धेरैले चर्चामा आउने काइदाका रूपमा टिप्पणी गरेका छन्।
धेरैलाई लागेको छ, त्यत्रो झापड नै हानेको मान्छेको नाम चारपाँच वर्षमै कसरी बिर्सिइन्छ? के बेनिशालाई बिर्सने रोग छ?
बाहिरतिर ‘मी टू’ अभियानले फिल्म उद्योगमा उथुलपुथल ल्याएको छ। तथ्यसहित कोही अगाडि आए नेपालमा पनि धेरैको पोल खुल्न सक्छ। तर, बेनिशाले जस्तो केटाकेटी पाराले बोक्रा–बोक्रा मात्र कुरा गर्ने हो भने, धेरैले अनुमान गरेझैँ चर्चा पाउने अस्त्रका रूपमा मात्र सीमित हुन्छ। बेनिशाले बिर्सने रोगको उपचार गर्ने हो कि?
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)