बसमा पानी ओसार्ने बाध्यता हट्यो,  घर-घरमै धारा

बसमा पानी ओसार्ने बाध्यता हट्यो,  घर-घरमै धारा

बडडाँडा(प्यूठान) : सरुमारानी गाउँपालिका–४ बडडाँडा क्षेत्रका स्थानीयले वर्षौदेखि खानीपानीको समस्यासँग निकै जुध्नुपर्‍यो। बस्तीदेखि पानीको मुहान टाढा हुँदा स्थानीयलाई घण्टौं समय लगाएर घरसम्म पानी पुर्‍याउनुपर्ने बाध्यता थियो।

 बजार क्षेत्रका धेरैजसो स्थानीयले सार्वजनिक बस कुरेर खानेपानीको  ओसार्नु गर्थे। खानेपानी कै अभावले स्थानीयको दिनचर्या निकै प्रभावित हुन्थ्यो। तर, हिजोआज यी सबै समस्याबाट स्थानीयले छुटकारा पाएका छन्। सबैका घरघरमा खानेपानीका धारा खसेका छन्। घरघरमा बनेका पानीका धाराले उनीहरुलाई उत्साहित बनाएको छ। 

एकवर्ष अघिबाट निर्माण थालिएको दिङलाङखोला खानेपानी तथा सरसफाई योजनाको निर्माण पूरा भएको छ। योजनाबाट १५२ घरधुरीका सातसय ३७ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन्। ‘कुवाको पानी घन्टौँ समय लगाएर बोक्नुपर्ने बाध्यता थियो’,उपभोक्ता समितिकी अध्यक्ष स्थानीय देउसरी रानाले भनिन्, ‘अहिले सबैका घरमा खानेपानीका धारा छन्। गाउँलेको दैनिकी फेरिएको छ।’ उपभोक्ता समिति मार्फत योजना सम्पन्न गरिएको उनले बताइन। 

सरुमारानी गाउँपालिकाको ९ लाख ८१ हजार, उपभोक्ताको २२ लाख ७२ हजार रुपैयाँसहित कूल ९८ लाख १० हजार रुपैयाँ लगानीमा योजना सम्पन्न भएको छ। पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, दोस्रो चरण अन्तर्गत ६५ लाख ५७ हजार रुपैयाँ लगानी भएको जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले जानकारी दिए। 

करिब तीन किलोमिटरको दूरीमा पर्ने दिङलाङ खोला मुहानको पानी गाउँमा ल्याइएको छ। योजना स्थलमा ५ वटा पानी संकलन ट्यांकी निर्माण गरिएको वास इञ्जिनियर धुर्व थापाले जानकारी गराए। खानेपानी योजनाले गाउँकै जनता माध्यमिक विद्यालयका सयौँ विद्यार्थी  पनि लाभान्वित भएका छन्। गाउँपालिका, वडा कार्यालय, स्वास्थ्यचौकीमा समेत धारा निर्माण गरिएको छ। ती कार्यालयमा आउने सेवाग्राहीलाई पनि पानीको सुविधा भएको छ। 

‘खानेपानीको मुहान टाढा हुँदा सार्वजनिक बसमा यात्रा गरेर घरसम्म पानी लैजान्थ्यौ’, विगतको दुःख सुनाउदै स्थानीय बोम बहादुर रेश्मीमगरले भने, ‘भाडा तिरेर पानी पुर्‍याउनुपर्ने बाध्यता अब रहेन्।’ झण्डै डेढ किलोमिटर टाढा रहेको पाँकुरीखोला मुहानबाट स्थानीयले बस कुरेर पानीको जोहो गर्ने गर्थे। बस्तीदेखि तलको भागमा मुहान भएकाले लिफ्ट मार्फत खानेपानी गाउँमा पुर्‍याइएको छ। 

सम्पन्न खानेपानी योजनाको तिहारलगत्तै नेपालका लागि फिनल्याण्डका राजदूतसहित पश्चिम नेपालका प्रमुख प्राविधिक सल्लाहकारको टोलीले योजनाको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको जिल्ला वास सल्लाहकार श्रेष्ठले बताएका छन्। पश्चिम नेपालले जिल्लाभर पहिलो र दोस्रो चरणमा गरी करिब ७० वटा खानेपानीका योजनाहरु निर्माण गरिसकेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.