चरेससहित जनप्रतिनिधि पक्राउ

चरेससहित जनप्रतिनिधि पक्राउ

बुटवल : ठूलो मात्रामा लागू औषधसहित तीन जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । पक्राउ परेका स्थानीय तहका जनप्रतिनिधिसहित तीन जनाको साथबाट प्रहरीले ३७ किलो चरेस बरामद गरेको छ ।

बुटवल–१३ बेलबासबाट शानिबार राति चरेससहित तीन जनालाई पक्राउ  गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बाग्लुङबाट भारततर्फ लैजाने क्रममा चरेस बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्ली मल्लले जानकारी दिए । 

चरेससहित पक्राउ पर्नेमा अर्घाखाँचीक पाणिनी गाउँपालिका–५ का वडासदस्य ४० वर्षीय टीकाबहादुर रास्कोटी, बागलुङको निसीखोला गाउँपालिका–९ का ३४ वर्षीय जनक घर्ती र कपिलवस्तु बाणगंगा नगरपालिका–२का ५० वर्षीय नहारी थारूरहेका छन् । पक्राउ परेकाहरु हाल इलाका प्रहरी कार्यालयमा बुटवलमा छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.