जेनाको छुट्टिने फैसला
![जेनाको छुट्टिने फैसला](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_20181104061515_E0cy98NC0A.jpg)
एजेन्सी : हलिउड अभिनेत्री जेना देवानले दाम्पत्य जीवन टुंग्याउने निश्चय गरेकी छिन्। पति अभिनेता चेनिङ टाटुमसँगको दाम्पत्य अन्त्य गर्ने निधो गर्दै उनले अदालतमा मुद्दा दायर गरेकी छिन्।
छ महिनाअघि उनीहरूले अलग हुने बताए पनि अहिले आएर जेनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी हुन्। यस बीचमा उनीहरूलाई मिलाउन आफन्त र साथीभाइ सक्रिय भएका थिए। यद्यपि, त्यस्तो प्रयास सफल भएन।
सम्बन्ध तोड्नुपर्नाको कारण जेनाले खुलाएकी छैनन्। आफूहरूबीच मेट्न नसक्ने दूरी बढेकाले छुट्टिनुपरेको उनले अदालतमा बुझाएको निवेदनमा लेखेकी छिन्। फिल्म ‘सेट अप’मा सँगै काम गरेपछि उनीहरूबीच प्रेम भएको थियो। सन् २००९ मा उनीहरूले बिहे गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)