गौचरण बन्यो गोकुलेश्वर विमानस्थल

गौचरण बन्यो गोकुलेश्वर विमानस्थल

दार्चुला : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थल धमाधम संचालनमा आइरहेका बेला दार्चुलाको शैल्यशिखर नगरपालिका-९ मा रहेको गोकुलेश्वर विमानस्थल भने गौचरणमा परिणत भएको छ। 

२०७३-७४ आर्थिक वर्षको बजेटमार्फतको वक्तव्यमा गोकुलेश्वर विमानस्थल सञ्चालन गर्नुपर्ने कार्यक्रम थियो तर नागरिक उड्डयन मन्त्रालयका प्राविधिकले स्थलगत निरीक्षण गर्दा विमानस्थल जोखिममा रहेको प्रतिवेदन मन्त्रालयलाई बुझाए। यही कारणले विमानस्थल निर्माणमा पर्न नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ। 

सुदूरपश्चिमकै अछामको साँफेबगर विमानस्थल संचालनमा आएको छ भने बैतडीको पाटन, डोटीको दिपायलमा विमानस्थलमा कालोपत्रे भइरहेको छ। गोकुलेश्वर विमानस्थल सूचारु गर्नमा राज्यले चाँसो दिएको छैन्।

गोकुलेश्वर विमानस्थल भारतको सीमा नजिक रहेको भनेर केन्द्रमा गलत रिपोट दिई काममा बाधा पुर्‍याएको शैल्य शिखर नगरपालीकाका नगर प्रमुख अमरसिंह धामीले बताए। उनले भने,' दार्चुला बैतडी जोड्ने सीमा पुल र एयरपोर्टबीच कुनै सम्बन्ध छैन्। नबनाउने नियतले समस्या देखाएर जोखिमको क्षेत्र घोषणा गरेको हो।' 

झन्डैं अढाइ दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि प्राविधिक टोली आउने भएको छ। जिल्लाको विकासको मूल ढोकाको रुपमा रहेको बन्द गोकुलेश्वर विमान स्थलको अध्ययन गर्न तिहार लगत्तै प्राविधिक टोली आउने दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले जानकारी दिए।

जिल्ला समन्वय समितिद्वारा आयोजित वार्षिक प्रगति तथा समीक्षा गोष्ठीमा बोल्दै प्रतिनिधिसभा सांसद ठगुन्नाले गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बताए। तीन वर्ष पहिले पनि सञ्चालनका लागि पहलभइ प्राविधिक टोली पठाउँदा प्राविधिक टोलीले विमानस्थल वरपर अग्ला अग्ला घर भएका करण विमानस्थल सञ्चालन गर्न नसकिने गलत प्रतिवेदन दिएको सांसद ठगुन्नाले बताए।

२०४६ देखि २०५० सम्म सञ्चालनमा रहेको गोकुलेश्वर विमानस्थल सशस्त्र द्वन्द्वकाल पछि पूर्णरुपमा बन्द भएको थियो।सशस्त्र द्वन्द्वकालदेखि बन्द गोकुलेश्वर विमानस्थल हालसम्म सूचारु गर्न सकिएको छैन। विमानस्थल बन्द भएपछि नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि गोकुलेश्वर विमानस्थल भने ज्यूकात्यूँ रहेको नगर प्रमुख अमरसिंह धामीले बताए।

जीर्ण बन्दै स्थलयोग्य ठाउँ
लामो समयदेखि संचालनमा नआएको गोकुलेश्वर विमानस्थल अहिले जीर्ण बन्दै गएको छ। त्यति मात्रै नभई चमेलिया नदीले विमानस्थल कटान गर्ने पनि उतिक्‍कै जोखिम बढेको छ। यसरी जिल्लाको विकासको मेरुदण्डको रुपमा रहेको गोकुलेश्वर विमानस्थल अब भने सञ्चालन हुने संकेत संघीय सांसद ठगुन्नाले देखाएका छन्।

विमानस्थल सञ्चालनका लागि तिहारपश्चात् प्राविधिक टोली आइ विमान स्थलको विस्तृत अध्ययन गर्ने ठगुन्नाले जानकारी दिए। गोकुलेश्वर विमानस्थल सञ्चालनमा आए जिल्लाकै विकास गर्न निकै सहज हुने अनुमान नगर प्रमुख धामीको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.