निर्मला हत्या प्रकरण : अनिश्चितकालीन धर्ना बस्ने परिवारको घोषणा

निर्मला हत्या प्रकरण : अनिश्चितकालीन धर्ना बस्ने परिवारको घोषणा

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका छन् । 

आइतबार बिहान उल्टाखामस्थित घरमा पत्रकार सम्मेलन गरेर बुवाआमासहित परिवारले सरकारले न्याय दिन ढिलाइ गरिरहेको भन्दै साताभित्रमा छोरीका वास्तविक हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका हुन् ।

‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक हुन्छन्, की हुन्न हेर्छौँ’, पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘२५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालिन धर्ना सुरु गर्छौँ ।’ 

उनले जिल्ला प्रशासन कार्यालयमा आफू परिवारसहित अनिश्चितकालिन धर्नामा बस्ने घोषणा गरेका हुन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.