हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गरिरहेका जापानीसहित चारजना पक्राउ

हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गरिरहेका जापानीसहित चारजना पक्राउ

बुटवल : धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर उनीहरु धर्म प्रचारमा हिँडेका थिए ।

हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । स्थानीय पूर्ण पौडेलको टोलीले उनीहरुलाई नियन्त्रण लिएर वडा प्रहरी कार्यालयमा बुझाएको हो ।

पक्राउ पर्नेमा जापानिज दुई महिला ४९ वर्षीया यासुको ओबा, ४५ वर्षीया मारी क्युरा छन् । त्यस्तै गोरखा घर भइ बुटवल बस्ने तीर्थमाया घले र तिलोत्तमाकी पुष्पा घिमिरे रहेका छन् ।

बुटवलका सुकुम्बासी इसाई धर्म प्रचारका लागि ठूलो टोली नै खटिएको स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिराखेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्लीबहादुर मल्लले जानकारी दिए । 

उनीहरुले राहदानीसमेत साथमा नराखी धर्म प्रचारमा लागेको बताइएको छ । प्रहरीले कोठामा राखेको राहदानी ल्याउन आग्रह गरेको छ ।

बुटवलको सुकुम्बासी बस्तीहरुमा पछिल्लो समय धर्म प्रचारका गतिबिधि बढेका छ । प्रगतिनगरमा निशुल्क ट्युसन पढाउने भन्दै इसाई धर्मको प्रार्थना गराउने गरिएको स्थानीयले बताएका छन् ।

आइतबार पक्राउ परेका यी दुई महिला एक महिनादेखि धर्म प्रचारमा हिँडेको प्रहरीले जनाएको छ । धर्म परिवर्तन गराए वापत आर्थिक सहयोग गर्ने प्रलोभन देखाउने गरिएको स्थानीयले बताए । 

नेपाली एजेण्टको सहयोगमा धर्म प्रचारको गतिबिधि भएको हो । जर्वजस्ती वा आर्थिका प्रलोभनका धर्म परिवर्तन गर्न नपाइने कानुनी मान्यता रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.