३८ वर्षपछि धावनमार्ग स्तरोन्नति

३८ वर्षपछि धावनमार्ग स्तरोन्नति

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिने भएको छ। कालोपत्रे भत्काएर बनाउन चीनको सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङसँग सोमबार सम्झौता हुने भएको छ। सन् १९८० मा पुनर्निर्माण भएको धावनमार्ग ३८ वर्षपछि फेरि सुधारिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताए। धावनमार्ग कालोपत्रे फेर्न ४ अर्ब २७ करोड रुपैयाँ खर्च हुने उनले जानकारी दिए।

कालोपत्रे सक्न १८ महिना लाग्नेछ। नेपाल, हिमालयन र बुद्ध एयरलाइन्ससहित ३१ जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको विमानस्थल धेरै व्यस्त भएपछि अझै सुरक्षित बनाउन कालोपत्रे फेर्न लागिएको प्राधिकरणले जनाएको छ। विमानस्थलबाट ५२ अन्तर्राष्ट्रिय र ३ सयभन्दा बढी आन्तरिक उडान हुने गरेको छ।

स्तरोन्नतिको तयारी गर्न ५ महिनाको समय दिइएको छ। तर कम्पनीले ७० प्रतिशत आवश्यक सामाग्री जम्मा नगरी काम थाल्न नपाउने प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिए। आगामी वैसाखदेखि कालोपत्रे सुरु हुनेछ। धावनमार्गको पुरानो कालोपत्रे उप्काएर ११ देखि ३० सेन्टिमिटर मोटो कालोपत्रे गर्नु पर्नेछ। सम्झौताअनुसार कम्पनीले दैनिक ८० मिटरका दरले ३ हजार मिटर कालोपत्रे गर्नु पर्नेछ।

उडान अवरुद्ध हुनाले निश्चित समयमा स्तरोन्नति अनिवार्य सक्न निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले निर्देशन दिए। निर्माण कम्पनीका प्रतिनिधि चोईले मन्त्रीसमक्ष समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गरे। कालोपत्रे सुरुसँगै राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ। कोटेश्वरतर्फको (०२) धावनमार्गको १६ सय मिटर कालोपत्रे गर्न बढी चुनौती हुने आयोजना प्रमुख पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.