स्थानीय तहका भ्रष्टाचारमा निरगानी बढाउँदै अख्तियार

स्थानीय तहका भ्रष्टाचारमा निरगानी बढाउँदै अख्तियार

महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा भइरहेको अनियमितता र भ्रष्टाचारको अनुसन्धान सुक्ष्म रुपले अघि बढाएको बताएका छन् ।

कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा बोल्दै प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन् । उनले अहिले आयोगमा सबैभन्दा धेरै उजुरी स्थानीय तहमा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धि परेको बताए ।

‘स्थानीय तहमा भएका अनियमित क्रियाकलाप, भ्रष्टाचारका क्रियाकलापका उजुरी धेरै संख्यामा परेका छन्’ प्रमुख आयुक्त घिमिरेले भने, ‘आयोगको कार्यालयले ७ वटै प्रदेशमा परेका उजुरीको सुक्ष्म र गहन रुपले अनुसन्धान गरिरहेको छ ।’

घिमिरेले आयोगले ७ वटै प्रदेशका नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुलाई राखेर सार्वजनिक खरिद प्रक्रिया लगायतका विभिन्न विषयमा जानकारी गराएको समेत बताए । आयोगले अहिले वडा तहसम्म समेत कार्यक्रम लैजाने विषयमा अर्थमन्त्रालयसँग समन्वय र छलफल गरिरहेको उनको भनाइ थियो ।

‘स्थानीय तह कानुन निर्माणको प्रक्रियामा छन्, तर यो होइन कि संक्रमण छ भनेर भ्रष्टाचार त गर्न मिल्दैन’ उनले भने, ‘कुनै पनि वहानामा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन ।’

उनले स्थानीय तहको काम कारवाहीलाई नजिकबाट आयोगले हेरिरहेको भन्दै अझै अनुसन्धानको पाटोलाई बढाएर लैजाने बताए । भ्रष्टाचार न्युनिकरणको विषय अब अख्तियारको विषय मात्रै नभई आम नागरिक, पत्रकार लगायत सबैको विषय भएकाले सुशासन र पारदर्शिताका लागि सबै सजग हुनुपर्ने घिमिरेको आग्रह थियो ।

‘आयोगले अवलम्बन गरेको नीति पहिले थुन अनि सुन हो’ उनले भने, ‘अब त्यो मात्रै होइन पहिले सुन्ने अनि थुन्ने पनि नीति कायम भइरहेको छ ।’ ठेक्का होल्ड गर्ने र काम नगर्ने, सम्पर्कमा नै नआउने लगायत प्रवृति निर्माण व्यवसायमा देखिएकाले केही विकास निर्माणका कामको अनुसन्धान भइरहेको पनि प्रमुख आयुक्त घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै आयोगका सचिव महेश्वर न्यौपानेले आयोगका हरेक काम प्रविधि मैत्री बनाएर अनुसन्धान र काम कारवाही अघि बढाउने बताएका थिए । भाडाको घर लिएर कार्यालय सञ्चालन हुँदै आएको आयोगको अब आफ्नै कार्यालय बनेको हो । २०७१ फागुन १८ मा ठेक्का सम्झौता भइ सुरु भएको भवन निर्माणको काम गत वर्ष चैत ३० गते निर्माण सम्पन्न भएको थियो । भवनको उद्घाटनसँगै आइतबारदेखि नै आयोगको कार्यालयले आफ्नो नयाँ भवनबाट काम थालेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.