म्याद गुज्रिएका सामान बिक्री

म्याद गुज्रिएका सामान बिक्री

भोजपुर : जिल्लाको दुर्गम भेग साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक बजार अनुगमन भएको छ। प्रशासन र साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा गाउँपालिका १ र २ वडाका केही बजारस्थित किराना पसलको अनुगमन गरिएको हो। त्यस क्रममा ३७ हजारबराबरका म्याद गुज्रिएका सामान फेला परेको र ती सबै नष्ट गरिएको छ।

अनुगमनका क्रममा तेल, मसला, खुर्सानी, चिया, बिस्कुट, पेयपदार्थलगायत उपभोग्य सामानको म्याद सकिएको भेटिएपछि सबै नष्ट गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विजय राईले बताए। उनले भने, ‘हामीले मुख्य बजारभन्दा पनि दुर्गमका थोककिराना पसलको अनुगमन गरेका छौ। दुर्गम भेगका उपभोक्ता सोझा हुन्छन्, तिनै सामानले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ।’

नष्ट गरिएकामध्ये स्थानीय सावित्रा स्टोरबाट नौ हजार, विजय स्टोरबाट पाँच हजार, कविराज विष्टको पसलबाट चार हजार नौ सय ९०, पुजा स्टोरका चार हजार सात सय २० रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान नष्ट गरिएका थिए। यसरी गाउँमै ठूलो मात्रामा अखाद्य सामान भेटिएपछि खाटम्माका प्रशान राईले अनुगमनलाई निरन्तरता दिईनुपर्ने बताए। उनले यसरी आफूहरू पसलबाट सामान लैजाँदा नहेरी लैजाने बानीले अस्पताल जानुपरेको सुनाए।

भोजपुर सदरमुकामदेखि तीन दिन पैदलमा रहेको उक्त क्षेत्रको बजार अनुगमन यो पहिलो हो। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै केही समयदेखि बजार अनुगमनलाई तीव्रता दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.