भीमदत्त नगरको गौशाला क्षेत्रमा सामूहिक गाईपूजा
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा स्थापना गरिएको माहाकाली गौशाला क्षेत्रमा सामुहिक रुपमा गाईको पुजा गरिएको छ । तिहारको तेस्रो दिन महाकाली नदी किनार नजिकै स्थापित गौशालामा राखिएका गाईको संयुक्त पूजा गरिएको हो ।
नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको उपस्थितिमा गौशाला क्षेत्रमा गाईको सामूहिकरुपमा पुजा गरिएको हो । नेपालको राष्ट्रिय जनावर गाईको गौशाला क्षेत्रमा विधिपूर्वक पुजाआज गरेर गाईलाई फूलमालासहित अन्न खुवाइएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसहितका व्यक्तित्वहरुको सहभागितामा गाईको पूजा गरिएको हो ।