कैलालीकी राधा चौधरीमाथि 'बाेक्सी' आरोपमा फेरि कुटपिट !
कैलाली : गत वर्ष नारी दिवसकै दिन कैलालीको घोडाघोडीमा ‘बोक्सी’को आरोपमा कुटिएकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ ।
घोडाघोडी–५ देउकलिया बस्ने चौधरीलाई स्थानीय कालीचरण चौधरीले ‘बोक्सी’ को आरोपमा कुटेका हुन् । कुटपिटपछि कालीचरणलाई प्रहरीले पक्राउ गरेको छ ।
राधाले प्रहरीलाई उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गत वर्ष राधालाई निर्घात कुट्ने स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी दुई युवती जेल सजाय भोगिरहेका छन् ।