त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विष्फोटकबाट जोगाउन छुट्टै परीक्षणस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विष्फोटकबाट जोगाउन छुट्टै परीक्षणस्थल

काठमाडौं : नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित जहाज पार्किङ निर्माण गरेको छ। खतराजन्य विष्फोटन बस्तुबाट असुरक्षित भएको जानकारी पाइएमा जहाजहरुलाई सुरक्षित स्थानमा पार्किङ गरी चेकजाँच गर्न छुट्टै पार्किङ निर्माण गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने ठुला जहाजका लागि नौ वटा मात्र पार्किङ रहेकाले थप सुरक्षित पार्किङ निर्माण गर्न लागिएको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए। खतराबाट अन्य जहाज र विमानस्थललाई सुरक्षित गर्न यो पार्किङले सहयोग पुग्ने गौतमको भनाई छ। फागुन अन्तिमसम्ममा पार्किङ निर्माण गरी दुई वटा ठुलो जहाज (३–३०) र दुई वटा एटिआर ७२ जहाज पार्किङ गरिने छ। नियमीत उडान नगरी लामोसमयसम्म जहाजले पार्किङ गर्नु परेमा पनि यो पार्किङ प्रयोग गरिने गौतमले बताए।

दुई सय १३ मीटर लामो र ६५ मीटर चौडा लम्बाइको पार्किङ प्राधिकरण अन्र्तगत विमानस्थल विकास कोषको ४६ करोड लगानीमा यो पार्किङ निर्माण शुरु गरिएको हो। प्राधिकरणले कोषकै ५९ करोड लगानीमा थप दुई वटा ठुलोजहाज (३–३०) पार्किङ स्थल निर्माण थालेको छ। अव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय ठुला जहाज पार्किङ गर्न सक्ने क्षमता भएको छ। पार्किङ निर्माणसँगै उडान लगायत अन्य अपरेसन गर्न सहज हुने प्राधिकरणका इन्जीनियर चन्द्रमणी सापकोटाले बताए। विमानस्थलको क्षमता भन्दा बढी उडान भर्नु पर्ने भएकाले नेपाल आउने पर्यटकलाई जहाजको सूबिधा सहज नभएको पर्यटन व्यवसायीहरुको गुनासो छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले स्थलगत निरिक्षण पछितोकिएको मिति भित्र जसरी पनि काम सम्पन्न गर्न प्राधिकरण र निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। व्यवसाय र नाफाका लागि मात्र नसोची देशका लागि पनि सोचेर समयभित्रै काम सक्नुपर्ने भनाई अधिकारीको थियो। पर्यटन क्षेत्रको विकास गरी दुई बर्ष भित्रमा २० लाख बढी पर्यटक भित्राउने लक्ष्य सहित विमानस्थल सुधारको काम शुरु गरिसकेको जानकारीसमेत मन्त्री अधिकारीले दिए। विमानस्थलबाट अघिल्लो बर्ष ६७ लाखले यात्रा गरेका थिए भने यस बर्षको नौ महिनामै ६३ लाखले यात्रा गरी सकेको विमानस्थलको तथ्याङक छ।

मन्त्री अधिकारीले नेपालमा बाह्रै महिना पर्यटकका लागि सिजन रहेको घोषणापछि पर्यटकको संख्या बृद्धि भएको दाबी पनि गरे। यस बर्षको सरदऋतुमा इतिहासमै बढी ५३ वटा हिमाल आरोहणका लागि एक सय ६१ आरोहण दलबाट एक हजार दुई सय ७१ आरोहीले अनुमती लिएका छन्। जसबाट पाँच करोड ५४ लाख सात हजार आठ सय १६ रुपैयाँ राजश्व संकलन भएको छ। नेपाल एयरल्यान्स, हिमालयन र बुद्ध एयर सहित ३१ वटा कम्पनीका जहाजले दैनिक उडान भर्दै आएको छ। विमानस्थलका अनुसार ५२ वटा अन्तर्राष्ट्रिय र तीन सय बढी आन्तरिक उडान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.