छठमा मुसहरलाई राहत

छठमा मुसहरलाई राहत

वीरगन्ज : छठ पर्वमा खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताइरहेका बेला लत्ताकपडासहित खाद्यान्न सामग्री पाएपछि वीरगन्ज महानगरका मुसहर समुदाय खुसी भएका छन्। आर्थिक रूपले विपन्न वीरगन्ज महानगर–२२ को मनियारी र वडा नम्बर १८ भवानीपुरका मुसहरबस्तीमा शनिबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको पहलमा रुङगटा वेलफेयर सोसाइटीले साडी र गहुँको पिठो प्रदान गरेको हो।

मनियारीमा एक सय ८५ र भवानीपुरमा ६५ गरी दुई सय ५० मुसहर परिवारलाई जनही एक/एक थान साडी र पाँच–पाँच किलो पिठो सांसद यादवले बाँडेका हुन्। छठ पूजामा गहुँको पिठोको ठेकुवा प्रसादका रूपमा बनाउने चलन छ। ‘बिहान बेलुकाको छाक टार्न मुस्किल छ। त्यसमाथि छठमा खर्चको बोझ थपिन्छ’, मनियारीकी सुदामादेवी माझीले भनिन्, ‘साडी र पिठो पाउँदा राहत भएको छ।’

विपन्न मुसहरबस्तीका महिलालाई खर्च अभावमा छठ पर्व मनाउन समस्या भएको थाहा पाएपछि रुंगटा वेलफेयर सोसाइटीलाई आग्रह गरेर साडी र पिठो वितरण गरिएको सांसद यादवले बताए। ‘छठ पर्व, तराई मधेसका हरेक हिन्दूको घरमा अनिवार्य मनाइन्छ’, सांसद यादवले भने, ‘यो पर्वमा कोही दुःखी नहोउन्, हर्षसाथ मनाउन् भन्ने प्रयास हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.