राष्ट्रिय गान नाच्दै गाएपछि जेल

राष्ट्रिय गान नाच्दै गाएपछि जेल

एक जना चिनियाँ भिडियो स्टारलाई राष्ट्रिय गानको अपमान गरेको अभियोगमा पाँच दिन प्रहरी हिरासतमा राखेर छोडिएको छ। चीनको राष्ट्रिय गान कानुनले २१ वर्षीया याङ काइलीलाई दण्डित गरेको हो।

अक्टोबर ७ मा उनले एउटा भिडियो पोस्ट गरेकी थिइन्। भिडियोमा उनी चीनको राष्ट्रिय गान गुनगुनाइरहेकी थिइन्। खास अनुशासनमा रहेर गाउनुपर्ने गानमा उनी कुनै अर्केस्ट्रा गरिरहेको जसरी हात हल्लाइरहेकी थिइन्। त्यसपछि उनले भनिन्, ‘शुभ सन्ध्या, कमरेडहरू !’ लगत्तै उनी हाँसेकी थिइन्।

यस्तो खालको भिडियो बाहिरिएपछि सांघाई प्रहरीले काइलीलाई समातेर पाँच दिनसम्म हिरासतमा राखेको थियो। राष्ट्रिय गानको अपमान गरेको आरोपमा प्रहरीले उनलाई यसरी हिरासतमा राखेको थियो। चीनको राष्ट्रिय गान काननुअनुसार राष्ट्रिय गानलाई अपमानपूर्वक गाउने वा तोडमोड गर्नेलाई १५ दिनसम्म थुनामा राख्न सकिन्छ।

काइलीले माइक्रोब्लगिङ साइट ‘वाइबो’मा विज्ञप्ति जारी गरेर माफी मागेकी छिन्। ‘राष्ट्रिय गानलाई त्यसरी गाउनु मेरो मूर्खता थियो,’ उनले विज्ञप्तिमा लेखेकी छिन्, ‘म लज्जित छु। सबै चिनियाँ नागरिकलाई मेरो व्यवहारले आहत तुल्याएको छ। म सबैसँग माफी माग्छु, मेरो मातृभूमि, मेरा प्रशंसक र सबैसँग माफी माग्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.