तराईमा धुमधामका साथ छठ पर्व मनाइँदै

तराईमा धुमधामका साथ छठ पर्व मनाइँदै

भैरहवा : तराईका जिल्लामा हर्षोउल्लासका साथ छठ पर्व मनाइँदैछ। छठी माताको नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामीण क्षेत्र बेथरी, बनगाई, धकधई, मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा धुमधामका साथ सुरु भएको छ।

दसैं तिहारजस्तै तराईबासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ। आइतबारदेखि सुरु भएको छठ पर्वको दोश्रो दिन पञ्चमी अर्थात सोमबारदेखि ब्रतालुले निर्जला ब्रत सुरु गरेका छन्।

तेस्रो दिन मंगलबार सूर्य भगवान र छठी माताको पूजा आराधना गरिन्छ। साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ । मंगलबार साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पूजा गर्ने र भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने प्रचलन रहेको छ।

छठ माता र सूर्यको पुजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ । छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ।

छठ पर्वको समयमा बजारमा हरियो केराको व्यापार अत्याधिक बढेको छ। स्थानीय उत्पादनले नपुग्दा केरा भारतबाट आयात हुने गरेको छ। छठ पूजन समिति सिद्धार्थनगरको (भैरहवा) आयोजनामा सिद्धार्थनगर नगरपालिका- ५ स्थित नेपाली सेनाको कालिभक्ति गण र गल्लामण्डीको हनुमान मन्दिर अवस्थित छठी माता पोखरीमा सामुहिक पुजा गरेर भैरहवा तथा वरपरका बासिन्दाले छठ पर्व मनाउने गर्दछन्। सेनाको पोखरीमा बिगत ५४ वर्षदेखि छठ पूजा हुँदै आएको छ।

विशेष गरी तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला वर्षमा पहाडी सामुदायका महिलाले समेत पूजाका लागि आउने गर्छन्। यसले एक धर्म सामुदायको अर्को धर्म सामुदायको पर्व संस्कारलाई उच्च सम्मान दिँदै एकताको सन्देश दिएको छठ पुजन समारोह समितीका संयोजक आनन्दप्रसाद गुप्ताले बताए।

उनले छठ पूजाका लागि पोखरीको रंगरोगन, सरसफाई भइरहेको बताउँदै निर्माणधिन अवस्थाको सडकले श्रद्धालुलाई समस्या पर्ने भएकोले समस्या समाधानको प्रयास भइरहेको बताए।

छठ पूजाको पूर्व सन्ध्यामा छठ पुजन समारोह समितीद्धारा भैरहवामा शोभा यात्रा निकालिनेछ। भैरहवाको गल्लामण्डीबाट सुरु हुने शोभा यात्रा नगरपरिक्रमा गरी छठ माताको पोखरीमा समारोहमा परिणत हुने उनले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.