प्रदेश नम्बर ५ मा चीनको नजर, लगानी बढाउने तयारी

प्रदेश नम्बर ५ मा चीनको नजर, लगानी बढाउने तयारी

बुटवल: बुद्धको जन्मस्थल लुम्बिनी रहेको प्रदेश नम्बर ५ को विकासमा लगानी गर्न चिनियाँ लगानीकर्ता तयार देखिएका छन् । मुलुक संघीय संरचनामा नजाँदै यहाँका केही उद्योगमा लगानी गरेको चीनले अब त्यसलाई बृद्धि गर्ने योजना बनाएको हो । 

लुम्बिनी विश्वकै मुख्य पर्यटकीय गन्तब्य बन्ने भन्दै चिनियाँ लगानीकर्ता र चीन सरकार लुम्बिनी क्षेत्रमा लगानीको वातावरण बनाउन लागि परेको हो । पछिल्ला तीन दुई महिनायता चीनको भिन्दाभिन्दै टोलीले प्रदेश सरकारसँग छलफल गर्दै लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।

गत महिनामात्रै चीनको रेलवे विभागले लुम्बिनीमा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । यो प्रक्रिया जारी रहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले मुख्यमन्त्री शंकर पोखरेललाई भेट्दै लुम्बिनीको विकाससँगै समग्र विकासका लागि चीन सरकार सहकार्य गर्न तयार रहेको बताएकी छन् ।

चीनले कृषिको विकासका लागि पनि सहकार्य गर्न तयार रहेको राजदूत होङ्गले बताएकी छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार चीनले प्रदेश सरकारसँग विकासको अनुभव साटासाट र विकासमा सहकार्य गर्न सकिने बताएकी छन् ।

आइतबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेशका विशेषता र योजनाको जानकारी गराएका थिए । लुम्बिनीको विकास महत्वपूर्ण पाटो भएको भन्दै उनले कृषिमा लगानीको प्रशस्त सम्भाव्यता समेत रहेको बताएका छन् । 

चिनियाँ रेल लुम्बिनी आउने योजना र चीन सरकारले नेपालमा गरेको सहकार्यका लागि उनले राजदूतमार्फत धन्यवाद समेत ज्ञापन गरे । 'प्रदेशको विकासका लागि चीनसँग अनुभव साटासाट गर्न सकिन्छ', उनले भेटमा भने । मुख्यमन्त्री पोखरेलले लुम्बिनी र चीनको सम्बन्ध छौठौं शताब्दीदेखि रहेको भन्दै लुम्बिनीको विकासमा सहयोग र सहकार्य बढाउदै लैजानुपर्ने बताए ।

भेटमा क्रममा राजदुत होङ्गले विकासको अनुभव साटासाटका लागि चीनको भ्रमण गर्न समेत मुख्यमन्त्रीलाई आग्रह गरेकी थिइन । भेटमा चिनियाँ व्यवसायीको लगानी रहेका क्षेत्रका विषयमा समेत सामान्य कुराकानी भएको छ ।

चीनले प्रदेश ५ को विशेषगरी लुम्बिनी आसपासको क्षेत्रमा सम्भाव्यता अध्ययन गरी लगानी गर्न चाहेको छ । यसअघि भैरहवा तथा लुम्बिनी कोरिडोरमा चिनिया लगानीकर्ताहरुले अध्ययन गरेका थिए ।

प्रदेश सरकारले विदेशी लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने कामलाई प्राथमिकरणमा राखेको छ । कृषि हुँदै पर्यटनको विकासबाट समृद्ध प्रदेश बनाउने योजना सरकारको छ । चीनकी राजदुत होङ्गलेले प्रदेश सरकारको ‘समृद्ध प्रदेश, खुसी जनता’ योजनामा सघाउन चीन तयार रहेको समेत बताएकी छन् ।

मुलुककै मध्यभागमा प्रदेश ५ पर्ने भएकाले लगानीकर्ताहरु यो क्षेत्रमा बढी आर्कषित रहेका छन् । प्रदेश ५ मा गत वर्ष मात्रै एक अर्ब ३५ करोड १० लाख चीनले लगानी गरेको थियो । यो चीनबाट हालसम्म भएको सबैभन्दा ठुलो लगानी हो । चिनियाँ लगानीमै ह्वाङसी सिमेन्ट उद्योग सञ्चालनमा आइसकेको छ । खानी, कृषि तथा पर्यटनमा चिनियाँ लगानीकर्ताह आकर्षित भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.