भिसा नभएका विदेशीलाई हवाई टिकट नदिनु : अध्यागमन विभाग

भिसा नभएका विदेशीलाई हवाई टिकट नदिनु : अध्यागमन विभाग

काठमाडौं : अध्यागमन विभागले प्रवेशाज्ञा (भिसा) र आगमन छाप (अराइभल) नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरूलाई कारवाही गर्ने भएको छ। नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशीलाई समेत जथाभावी टिकट दिने गरेका छन्। विभागले आइन्दा त्यस्तो दोहोरिए कडा कारवाही गर्ने चेतावनी दिएको छ। भिसाबिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कारवाही गर्ने तयारी छ।

विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ। विभागले उनीहरूमार्फत वायुसेवा कम्पनीहरूलाई सचेत र ध्यानाकर्षण गराएको छ। भद्रपुर, विराटनगरलगायत केही विमानस्थलबाट काठमाडौं आएका केही विदेशीसँग भिसा नभएको पाइएको विभागले जनाएको छ। भारतबाट प्रवेश गर्ने कतिपय विदेशीलाई भिसा नहेरी राहदानीका आधारमा वायुसेवा कम्पनीले टिकट दिँदै आएका छन्।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले भिसा र आगमन छाप नभएका विदेशीलाई टिकट दिने विमान कम्पनीलाई कारवाही हुने बताए। ‘राहदानीका भरमा मात्र हवाईजहाज कम्पनीले कसरी टिकट दिन मिल्छ’, उनले भने, ‘भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिनुस्।’

विभागले भिसा नभएका कुनै पनि विदेशी हवाई टिकट किन्न आए तत्काल प्रहरीलाई खबर गर्न समेत सचेत गराएको छ। स्थलमार्ग हुँदै भारतबाट नेपाल छिर्ने विदेशी अध्यागमन नाका छलेर आउने गरेका छन्। झापाको भद्रपुर र मोरङको विराटनगरका विभिन्न स्थानबाट अवैध तवरबाट विदेशीहरू प्रवेश गर्दै आएका छन्।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै सुरक्षाकर्मी र अध्यागमन नाका छली विदेशी नेपाल प्रवेश गर्छन्। त्यसरी आउने विदेशी भिसा लिन अध्यागमन विभाग पुगे पछि यस्तो घटना थाहा भएको हो। भिसाबिना नै नेपाल प्रवेश गर्न थालेपछि विभागले विदेशीको अवैध प्रवेश नियमन गर्न कडाइ नीति अवलम्बन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.