देउसीको रकम लागूऔषध विरोधी अभियानमा

देउसीको रकम लागूऔषध विरोधी अभियानमा

नेपालगन्ज : बाँकेको एउटा सामाजिक संस्थाले देउसी खेलेर संकलन गरेको रकमबाट लागू पदार्थ दूव्र्यसनविरुद्धको अभियान सञ्चालन गर्ने भएको छ ।

सहयोगी आवाज नेपाल बाँकेले यस वर्ष देउसी खेलेर संकलन गरेको झन्डै एक लाख ६० हजार रुपैयाँ लागू पदार्थ दूव्र्यसनविरुद्धको अभियानमा खर्च गर्ने संस्थाका महासचिव कमल खत्रीले बताए ।

‘लागू पदार्थ दूव्र्यसन नेपालगन्जको प्रमुख समस्या हो । त्यसको न्यूनिकरणका लागि अभियान सञ्चालन हुनेछ’, खत्रीले भने, ‘लागू औषध दूव्र्यसनका क्षेत्रमा काम गर्ने संघसंस्थासँग सहकार्य गरेर युवाहरुलाई लागू औषध दूव्र्यसनबाट छुटकारा दिलाउने विभिन्न कार्यक्रम आयोजना गरिनेछन् ।’

संस्थाले घरघर पुगेर देउसी गीत भट्टाउने क्रममा पनि लागू पदार्थ दूव्र्यसनविरुद्धका सन्देश प्र्रवाह समेत गरेको थियो । देउसी कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कृष्णा केसी ‘नमूना’, सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरनगरपालिका उपप्रमुख उमा थापा मगर, प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीलगायतले देउसी कार्यक्रममा साथ दिएका थिए ।

लक्ष्मी पूजाको दिन नेपालगन्ज उपमहानगरनगरपालिकाबाट सुरु गरिएको देउसी कार्यक्रम आइतबार प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५ नेपालगन्जको कार्यालयमा देउसी खेलेर समापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.