विप्लवलाई अनन्तको सुझाव : पुरानै तरिकाले युद्ध सम्भव छैन, जनता फकाउनू

विप्लवलाई अनन्तको सुझाव : पुरानै तरिकाले युद्ध सम्भव छैन, जनता फकाउनू

(लिबाङ) रोल्पा  : नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न सत्तापक्षीय नेकपाका नेता वर्षमान पुन ‘अनन्त’ले आग्रह गरेका छन् । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका अनन्तले विगतको जस्तै युद्ध सम्भव नभएकोसमेत बताए । 

‘शान्तिपूर्ण राजनीति गर्नुस् । जनमत वनाएर सरकारलाई कन्भिन्स गर्नुस्, संविधान संशोधन गर्न सकिन्छ’, नेता अनन्तले भने, ‘पुरानै तरिकाको युद्धबाट सम्भव छैन ।’

तिहारका बेला गृह जिल्ला आएका नेता अनन्तले यस्तो आग्रह गरेका हुन् । सदरमुकाम लिबाङमा सोमबार रिपोटर्स क्लबले गरेको साक्षत्कार कार्यक्रममा ऊर्जामन्त्री अनन्तले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउनसमेत अनुरोध गरे ।

‘हतियार उठाएका कतिपय शक्तिसँग त सरकारले वार्ता गर्न तयार छ । विप्लवजीहरुले त अभैm हतियार उठाइसक्नु भएको छैन । वार्तामा बसेर असहमति टुंग्याउन सकिन्छ’, अनन्तले भने, ‘वार्तामा बस्ने हो भने विप्लव लगायतका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ ।’

विप्लव नेतृत्वको नेकपाबाट ठाउँठाउँमा हतियार प्रदर्शन, तालिम, केही अपराधिक काम र चन्दा असुली भइरहेकोमा मन्त्री अनन्तले आपत्ति जनाए । 

‘स्थानीय तहका कतिपय जनप्रतिनिधि र कार्यालय प्रमुखहरुलाई धम्काउने काम भइरहेको छ । नेतृत्वले स्पष्ट पार्नुपर्छ’, मन्त्री अनन्तले भने, ‘यस्ता काम रोकिनुपर्छ । अन्यथा राज्यले एसर्टिभ ढंगले कदम चाल्न बाध्य हुन्छ ।’ 

संविधानप्रतिको र विगतको परिवर्तन संस्थागत गर्ने सन्दर्भका असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने नेता अनन्तले जोड दिदै भने, ‘परिवर्तनविरोधी घरेलु र अन्तर्राष्ट्रिय शक्तिबाट विप्लव नेतृत्वको नेकपा प्रयोग हुनु हुँदैन ।’

मन्त्रीमण्डल हेरफेर हल्ला नेपाल सरकारको मन्त्रिमण्डल हेरफेर हल्ला मात्र भएको मन्त्री अनन्तले दावी गरे । ‘यो सरकार पाँच वर्ष टिक्छ । एक आर्थिक वर्षसम्म मन्त्रीको काम हेरिन्छ । त्यसैले पनि अहिले नै मन्त्री फेरबदल हल्ला मात्र हुन्’, मन्त्री अनन्तले भने, ‘सरकार अस्थिर छ भन्ने हल्ला पैmलाउने काम भएको मात्र हो ।’ 

सकारले पहिलो छ महिनामा ऐन र कानून निर्माण गरेको र अन्तराष्ट्रिय कुटनैटिक सम्बन्ध सुधार गरेको बताए । ‘संसद चलेको हरेका पाँच दिनमा एउटा ऐन जारी भएको छ । यो नेपालको इतिहासमा नौलो हो’, क्लवका अध्यक्ष सन्तोष शर्माको अध्यक्षतामा सम्पन्न साक्षत्कार कार्यक्रममा मन्त्री अनन्तले भने, ‘प्रधानमन्त्री केपी शर्मा वलीको भारत र चिन  भ्रमणले कुटनैटिक सम्बन्ध सुदृढ भएको छ ।’ यूएनको सभामा प्रधानमन्त्रीको सहभागिता अर्थपुर्ण रहेको पनि दाबी गरे ।

सरकारले संविधान कार्यन्वय, तीन तहकै सरकारको संस्थागत विकास र कानून निर्माणमा प्राथमिकता दिएको दावी गर्दै मन्त्री अनन्तले सरकारले दूरगामी महत्वका योजना अघि सारेको पनि वताए । आउँदो वर्षदेखि विकासका प्रभाव देखिनेमा जोड दिए ।

 
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.