स्याउले बजार पाएन, किसान रक्सी बनाउन बाध्य

स्याउले बजार पाएन, किसान  रक्सी बनाउन बाध्य

रुकुमकोट : रुकुमपूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा उत्पादित स्याउले बजार नपाउँदा किसान निराश छन्। स्याउ नबिकेपछि कुहाएर रक्सी बनाउन बाध्य हुनुपरेको किसानको गुनासो छ। जिल्लाकै स्याउ बाहिर पठाउन नसक्दा सदरमुकाममा समेत भारतीय स्याउ बिक्री हुने गरेको छ।

पुथा उत्तरगंगा गाउँपालिका-२ पेल्माका साथै हुकाम मैकोट, तक र सेराका किसानले केही वर्षयता अन्नभन्दा स्याउ उत्पादनमा लगानी बढाएका छन्। उत्पादन बढे पनि व्यापार गर्न नगरेपछि किसानले मकैसँग स्याउ साट्न बाध्य छन्।

पूर्वी रुकुमको पेल्मामा मात्रै झन्डै १० हजार रोपनी जग्गामा सामूहिक स्याउ उत्पादन भइरहेको पेल्माका स्थानीय लजिम पुनले जानकारी दिए। ‘हामीले सातवटा समूह बनाएर स्याउ खेती सुरु गरेका छौं’, उनले भने, ‘तर स्याउलाई बजारसम्म पु¥याउन गाह्रो भएकाले समस्या भएको छ।’

यस वर्ष पेल्मामा मात्रै ३० टन स्याउ उत्पादन भएको छ। यहाँ उत्पादित स्याउ छिमेकी जिल्ला बागलुङको बुर्तिबाङमा भने पुग्छ। तर अन्य बजारमा जान सकेको छैन। धेरैजसो स्याउ स्थानीयले रक्सी बनाउन प्रयोग गरिरहेको गाउँ कार्यपालिका सदस्यसमेत रहेको स्याउ कृषक जिताराम कामीले बताए। गतवर्ष प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रममार्फत स्याउ ढुवानीका लागि अनुदान आएको थियो। यो वर्ष भने अनुदान नआएकाले स्याउ गाउँमै खपत गर्न बाध्य भएको उनको गुनासो छ। ‘स्थानिय अग्र्यानिक स्याउलाई बजारसम्म पु¥याउन नसक्दा हामीले उत्पादन गरेको स्याउ गाउँमै कुहियो’, कामीले भने, ‘कृषकलाई ढुवानी अनुदानका साथै व्यावसायिक स्याउ खेतीतर्फ उन्मुख गराउन आवश्यक छ।’

पाँच वर्षअघि पेल्माका किसानका लागि साविक जिल्ला कृषि विकास कार्यालय रुकुमले अनुदानमा दिएको स्याउका बिरुवाले विगत दुई वर्र्षयता राम्रो उत्पादन दिन थालेको किसानको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.