आज छठको तेस्रो दिन, छठघाट जाँदै ब्रतालु (तस्बिरसहित)

आज छठको तेस्रो दिन, छठघाट जाँदै ब्रतालु (तस्बिरसहित)

सिरहा : छठपर्वको आज तेस्रो दिन हो। आज ब्रतालुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन्छन्। त्यसका लागि सिरहा सदरमुकामका पोखरी तथा जलाशयमा ब्रतालुहरु पुग्न थालेका छन्। छठ पर्वका लागि बनाएका विभिन्न प्रसाद लिएर ब्रतालुहरु १० बजेदेखि घाट जान थालेका हुन्।

चार दिनमा मनाइने छठ पर्वमा आज तेस्रो मुख्य दिन (षष्ठी)। छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान-पिसान गरी त्यसबाट विभिन्न परिकार बनाएका छन्। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवं लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन्।

छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि बत्तीले पाँचपटक ढोग्नुपर्छ। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन्। त्यसपछि ब्रतालुले सन्ध्याकालिन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन्।

यस क्रममा ब्रतालुले दुबै हत्केलामा पिठार र सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।

पण्डवहरुले बनवास कालमा एक वर्ष गुप्तवासको सफलताका लागि सूर्यको आराधना गरेका थिए। त्यसलाई सत्य मान्ने हो भने छठ द्वापर युगदेखि सुरु भएको मानिन्छ। सूर्य पुराणका अनुसार कात्तिक शुक्ल षष्ठीमा सर्वप्रथम अत्रि ऋषिकी पत्नी अनसूया यो व्रत बसेकी थिइन्। यसै समयदेखि घठको सुरुवात भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.