दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दाङ : दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।घोराही तुलसीपुर सडक खण्डको रावतगाउँ चोक नजिकै मंगलबार टिपरले मोटरसाइकललाई ठक्‍कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १६ सानी अम्बापुर निबासी ४२ वर्षीय तेजबहादुर खत्री रहेको प्रहरीले वताएको छ।

घोराहीबाट सर्रातर्फ आउँदै गरेको खत्री सवार रहेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले ठक्‍कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक बसन्त गिरी भने घाइते भएको प्रहरीले बताएको छ। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। ठक्‍कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय घोराहीका प्रहरी नायव निरीक्षक विवेक महराले जानकारी दिए।

त्यस्तै सोमबार राति देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक पैदल यात्रुको मृत्यु भएको छ। मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्र्तरगत राप्ती गाउँपालिका- १ पाखापानीमा लु २१ प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ६० वर्षीय एकजना पुरुषको मृत्यु भए पनि अहिलेसम्म उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङकां डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मोटर साइकल चालक प्यूठानको माण्डवी गाउँपालिका- १ कुमलटारका २० वर्षीय कमल अधिकारीको दाङमा प्राथमिक उपचारपछि थप उपचारका कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.