निर्मला हत्या प्रकरण : धर्ना बसेका बावु–आमाको स्वास्थ्यमा समस्या

निर्मला हत्या प्रकरण : धर्ना बसेका बावु–आमाको स्वास्थ्यमा समस्या

महेन्द्रनगर : तीन महिना बितिसक्दा पनि न्याय नपाएपछि धर्नामा बसेका निर्मला पन्तका बावुआमाको स्वास्थ्य समस्या देखिन थालेको छ ।

निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मी तीनै जनाको रक्तचापमा कमी आएको बताइएको छ । छोरीको हत्यारालाई कारवाही गर्नुपर्ने लगायत ५ दिनयता अनिश्चितकालिन धर्नामा बसिरहेका यज्ञराज, दुर्गादेवी र लक्ष्मीको धर्नास्थलमै पुगेर चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

बढ्दो चिसो र खानाको कमीले गर्दा स्वास्थ्य समस्या देखिएको स्वास्थ्य टोलीले बताएको छ । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।

महाकाली अञ्चल अस्पतालका डा. किशोर कुमार बोहराले उनीहरुको स्वास्थ्य परिक्षणपछि यस्तो बताएका हुन् । चिसोकै कारण यज्ञराजको घाँटीमा समेत समस्या देखिएको डा. किशोर कुमारले बताएका छन् । सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन् ।

यसबाहेक डिएनए परिक्षणका लागि थप ४ जनाको संकलन गरिएको रिपोर्ट आइसकेको छ । शुक्रबार मात्रै रिपोर्टको बारेमा जानकारी हुने एसपी कडायतले बताए । उनले प्रहरीले अन्य थुप्रैको समेत प्रहरीले डिएनए परिक्षण गर्ने तयारी गरिरहेको बताएका छन् । साथै आफूहरुले अनुसन्धान नछोडेको भन्दै आश्वासन दिएका छन् ।

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग राखेर धर्नामा बसेका बावुआमाले भने न्याय नपाएसम्म धर्ना जारी राख्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.